arrow

हत्या गरी फालिएकी महिलाको शव फेला

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
murder.jpg.jpeg
खोटाङ । हत्या गरेर फालिएको अवस्थामा खोटाङमा एक महिलाको शव फेला परेको छ । जिल्लाको दक्षिणी गाविस डम्वर्खुशिवालय–१ स्थित काभ्रेखोलामा हत्या गरेर फालिएको महिलाको शव शनिबार दिउँसो फेला परेको हो । 
 
मृत फेला परेकी अन्दाजी २८-३० वर्षीया महिलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । 
 
घटनास्थलमा आलै रगत र मृत महिलाको घाँटी तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या नै गरिएको हुनसक्ने प्रनाउ प्रधानको भनाइ छ । 
 
अहिलेसम्म हुलिया नखुलेकी मृत महिलाले रातो स्विटर, नाकमा फुली र हातमा चुरा लगाएकी घटनास्थल पुगेका प्रहरीले जनाएका छन् । घटनाको अवस्था हेर्दा गएराति उनको हत्या भएको अनुमान गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । 
 
खोलाको भौडीमा फालिएको अवस्थामा महिलाको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीका अनुसार आर्य मूलको अनुहार देखिने मृत महिला सो गाविसको नभएको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ