arrow

क्रिकेट : नेपाल र इङ्गल्याण्ड आमुन्ने सामुन्ने हुँदै

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
cricket-news-aa.jpeg

काठमाडौँ । भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वन्टी क्रिकेट प्रतियोतिगताअन्तर्गत नेपालले आफ्नो सातौँ खेलमा मङ्गलबार इङ्ग्ल्यान्डको सामना गर्ने भएको छ ।

भारतको बैंग्लोरमा हुने खेल नेपालका सातौं स्पर्धा हुनेछ । नेपालले हालसम्म खेलेका ६ मध्ये एक खेल मात्रै जितेको छ । पाँच खेल हारेको छ । नेपाल दक्षिण अफ्रिकासँग छ विकेट, बङ्गलादेशसँग ५९ रन र अस्ट्रेलियासँग १० विकेटले पराजित भयो ।

यस्तै, वेष्ट इन्डिजसँग ४३ रन, पाकिस्तानसँग १० विकेट तथा श्रीलङ्कासँग १३१ रनको भारी अन्तरले नेपाल पराजित भएको थियो । प्रतियोगितामा सहभागि १० मध्ये शीर्ष चारमा पर्ने टोली सेमिफाइनल पुग्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ