arrow

कम स्क्रीन पाएर पनि कमाईमा 'रईस' भन्दा 'काबिल' अगाडि

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
raees-kaabil-1.jpeg
एजेन्सी । शाहरुख खानको चलचित्र 'रईस' र ऋतिक रोशनको 'काबिल' एकै दिन रिलिज भएर पनि १०० करोडको क्लबमा सामेल भएका छन् । अहिले सम्ममा 'रईस' को कमाईले १५० करोड पार गरेको छ भने ऋतिकको  'काबिल' यसको नजिक पुगेको छ ।
 
चलचित्र रिलिजको सुरुवातमा शाहरुख खानको 'रईस' ले  कमाईमा राम्रो रफ्तार लिएको थियो । तर  लामो समय चलचित्र चलिरहदा ऋतिक रोशन ज्यादा काबिल साबित भएका छन्  ।  अब उनको चलचित्रको कलेक्शन ज्यादा हुन थालेको छ ।
 
 'रईस' ले १५ दिनको कलेक्शनमा १६० करोड कमाएको छ । चलचित्रले रिलिजको दिन २०.४२ करोड कमाएको थियो भने १५ ‌औ दिनमा १.५० करोड कमाएको छ । 
 
'काबिल' ले १५ दिनको कलेक्शनमा १३०.७९ करोड कमाएको छ । चलचित्रले रिलिजको दिन १०.४३ करोड कमाएको थियो भने १५ ‌औ दिनमा २.७० करोड कमाएको छ । 
 
 
रिलिजको १० दिन पछि ऋतिक रोशनको चलचित्र 'काबिल' को कमाई बढि रहेको छ भने 'रईस' को  कमाई  घटेको छ । दुई चलचित्र बीच अहिले पनि २० करोडको अन्तर रहेको छ । अब हेर्न बाकि यो छ कि अक्षयको 'जोली एलएलबी २' को रिलिज पछि पनि 'रईस' र 'काबिल' ले कति कमाइ गर्न सक्छ ? 
 
ऋतिक रोशनको चलचित्र नाफामा रहेको बताइएको छ । यसको नाफा १४८ प्रतिशत बताइएको छ  । चलचित्रले   'रईस' को तुलनामा कम स्क्रीन पाएको थियो । चलचित्रले २२०० स्क्रीन पाएको थियो भने राईसले ३००० स्क्रीन पाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ