arrow

वैशाख भित्रमा जसरी पनि स्थानिय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री दाहाल

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ फागुन ४ बुधबार
prachanda-tension.jpg.jpeg
पाँचथर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन प्रमुख राजनितीक दलहरु वीच अनौपचारिक रुपमा सहमति बनिसकेकोले अव जसरी पनि पनि वैशाख भित्रमा स्थानिय तहको निर्वाचन हुने वताएका छन् । पाँचथरको याङनाम र नाँगिनको सीमाना वग्ने हेवा खोला जलविधुत परियोजना ए को निर्माण पश्चात बिहिबार उद्घाटन गर्दे दाहालले यस्तो वताएका हुन् ।
 
प्रधानमन्त्री दाहालले भने,“मंगलबार बेलुका र आज विहान मात्रै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको छु,अव चाँडै असमझदारीका विषयमा सहमति गरेर वैशाख भित्रमा स्थानिय तहको निर्वाचन गर्ने छौ ।” यस्तै दाहालले अव संविधान आइसकेको हुँदा अव मुलक समृद्धि तर्फ लम्कने बेला आइ सकेको वताए । उनले मुलुकलाई समृद्धि तर्फ अघि वढाउन उर्जा क्षेत्रले महत्पूर्ण भूमिका निर्वाह गर्ने भन्दै यो क्षेत्रमा लाग्न सवै सरोकारवालालाई आग्रह गरे।
 
 अव सरकारले साना लघु जलविधुत परियोजना मात्रै नभएर अव जलाशययुक्त ठाउँ पहिचान गरी त्यस्ता नदीहरु बाट विजुली उत्पादन गरी मुलकलाई समृद्ध बनाउने लक्ष्यका साथ अघि वढेको वताए  । यस्तै कार्यक्रममा वोल्दै उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले काम गर्ने शैली परिवर्तन गर्दे नयाँ तौर तरिका बाट मुलकलाई समृद्धि तर्फ अघि वढाउन सकिने धारणा राखे।
 
मन्त्रीले निती निर्माण गर्ने बेलामा आफू तार काट्दै हिड्नुपर्ने बेला आएको भन्दै उनले झिना मसिना काम नगरी ठूला काम गर्न नसकिने वताए  । यस्तै उनले तमोर जलाशयलाई अघि वढाउन सके यस प्रदेशका जनताका जिवनस्तर उक्सने मात्रै नभएर मुलकनै समृद्ध बन्ने भएकोले यसका लागि सरकारले रिण लिएर भएपनि तमोर जलाशयलाई अघि वढाउने वताए ।
 
कार्यक्रममा पूर्वसभामुख सुवास नेम्बाङ,स्थानिय विकाश राज्यमन्त्री श्री प्रसाद जवेगु,उद्योग वाणिज्य हकहित सम्वद्ध समिती सभापति भिष्मराज आङदेम्बे लगायतले मनतब्य ब्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ