arrow

शिक्षा परिषदमा को–को भएन मनोनित ?

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
Education-ministry.jpg.jpeg

काठमाडौँ। शिक्षा मन्त्रालयले शैक्षिक नीति परामर्शका लागि गठित राष्ट्रिय शिक्षा परिषद्लाई विहिबार सात जना मनोनयन गरी पूर्णता दिएको छ । शिक्षा ऐनानुसार विभिन्न निकायबाट सात सदस्य मनोनयन गरिएको हो ।

परिषद्मा कृषि वन विश्वविद्यालय चितवनका उपकुलपति आइपी ढकाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ र पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्मा तथा सामुदायिक विद्यालय सञ्चालक समितिका अध्यक्षबाट टेकबहादुर थापा र निर्मला सुवेदी, निजी विद्यालयका तर्फबाट एनप्याब्सनका उपाध्यक्ष डा कुस्मिला आचार्य र प्याब्सनका उपाध्यक्ष विजय सम्बााहाम्फे मनोनीत भएका छन् । शिक्षामन्त्रीको अध्यक्षतामा रहेको परिषद्मा २३ सदस्य रहनेछन्

अभिभावक महासङ्घ
अभिभावक सङ्घ नेपाल र नेपाल राष्ट्रिय अभिभावक सङ्घबीच एकता गरी महासङ्घ गठन गर्ने सहमति भएको छ । दुवै सङ्घबीच वार्ता भई महासङ्घको विधान तयार भइसकेकाले चाँडै संयुक्त भेला गरेर तदर्थ समिति घोषणा गरिने राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष धर्मदत्त देवकोटाले जानकारी दिए । सुप्रभात भण्डारी अध्यक्ष रहेको अभिभावक सङ्घले महासङ्घमा आफ्नातर्फबाट उपाध्यक्ष सरिता अर्यालको नेतृत्वमा पदाधिकारी पठाउने भएको छ । सङ्घको आजको बैठकले सो निर्णय गरेकाले एकता प्रक्रियाले गति लिने देवकोटाले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ