arrow

निर्वाचन आयोगका पदाधिकारीलाई प्रचण्डले भने वैशाखमै निर्वाचन गर्ने तयारी गर्नुस्

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
prachanda-news-p.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् ।  स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारी भइरहेकैबेला प्रधानमन्त्री दाहालले परामर्श लिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्तहरुलाई बोलाएर प्रधानमन्त्रीले निर्वाचनबारे परामर्श गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिँदै निर्वाचन सम्पन्न गर्ने तयारी गर्न आयोगलाई अनुरोध गरे । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सहयोगका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले वैशाख मसान्तभित्र नै निर्वाचन गर्ने गरी सम्पूर्ण तयारी गर्न आयोगका पदाधिकारीहरुलाई अनुरोध गरेका हुन् ।

भेटमा आयोगका पदाधिकारीहरुले आयोग सरकारले तोकेकै मितिमा निर्वाचन गर्न सक्षम रहेको जानकारी दिँदै निर्वाचनमा सम्पूर्ण रुपले सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ