arrow

स्वास्थ्यकर मासु विक्रि गर्न आग्रह

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ फागुन १७ मंगलबार
masu-sang.jpeg
स्याङ्जा ।  स्याङ्जामा मासु व्यवसायीहरुलाई स्वास्थ्यकर मासु विक्रि वितरण गर्न आग्रह गरिएको छ । वालिङ मासु व्यवसायीको चौथो अधिवेसनमा वोल्ने बक्ताहरुले उपभोक्ताहरुलाई शुद्ध र स्वास्थ्यकर मासु विक्रि गर्न व्यवसायीहरुलाई आग्रह गरिएको हो । 
 
पशुपंक्षीहरुमा बेला बेलामा देखिने विभिन्न खाले रोगबाट होसियार हुदै मासुजन्य बस्तुमा व्यवसायी नै उत्तरदायी बन्नुपर्ने बक्ताहरुले जोड दिएका छन् । केही व्यवसायीहरुले रोगी पशुपंक्षीको मासु विक्रि वितरण गरेको उल्लेख गर्दै इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले उपभोक्ता प्रति जिम्मेवार बनेर आफ्नो व्यवसाय संचालन गर्न व्यवसायीहरुलाई आग्रह गरे । 
 
पछिल्लो समय पोखरामा वल्र्डफु्लु रोग देखिएको प्रति लक्षित गर्दै प्रशासन प्रमुख शर्माले यस प्रति सबै भन्दा बढी मासु व्यवसायी र कुखुरापालक किसान चनाखो बन्नुपर्ने धारणा व्यक्त गरे । मासु व्यवसाय अत्यन्तै संवेदनशिल व्यवसाय हो शर्माले भने,“व्यवसायी प्रतिपनि समाजिक उत्तरदायीत्व हुनु आवश्यक देखिन्छ ।” व्यवसायलाई इमान्दारी र उपभोक्ताप्रति खेलवाड नगरी व्यवसायी अगाडी बढाउनु होला उनले भने ।
 
उत्पादक किसान र बिक्री गर्ने व्यवसायी विचको सम्वन्ध नङ् र मासुको जस्तो हुनुपर्छ शर्माले थपे,“किनेको मुल्य र विक्रि मुल्यमा धेरै अन्तर भयो भने उत्पादन गर्ने किसान मर्कामा पर्नेछन् ।” यस तर्फ पनि सजग रहेर किसानको उत्पादनलाई हौसला प्रदान गर्नुपर्ने धारणा शर्माको थियो । उक्त कार्यक्रममा पशुसेवा कार्यालय वालिङका प्रमुख हुमनारायण श्रेष्ठ, पशु सेवा प्राविधिक प्रमुख देवकुमारी श्रेष्ठ, वालिङ नगरपालिका कार्यालयका सह लेखापाल इश्वरी तिवारी, प्रेस युनियन स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतका बक्ताहरुले मासु व्यवसायी संगठित हुन सकेमा व्यवसाय फस्टाउने धारणा व्यक्त गरेका थिए । 
 
चौथो अधिवेसनले वालिङ मासु व्यवसायी संघको अध्यक्षमा खेमराज गौडेललाई सर्वसहमतिले चयन गरेको छ । गौडेल अध्यक्ष सहित १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा धनबहादुर थापा, उपाध्यक्षमा बेलबहादुर गुरुङ्, सचिवमा दुर्गा राना, सहसचिवमा सुनिल श्रेष्ठ र कोषाध्यक्षमा जय वाग्ले चयन गरेको छ । सदस्यहरुमा मानबहादुर गुरुङ्, पदमबहादुर खाँण, खिमबहादुर गुरुङ्, चन्द्रबहादुर राना, सुलोचना मल्ल, सुनमाया पल्लीमगर र शाहवुदिन मिया रहेका छन् । तेस्रो अधिवेसन सम्पन्न भएको साढे चारबर्ष पछि वालिङ मासु व्यवसायीले चौथो अधिवेसन गरेको हो । अध्यक्ष रहेका मकबुल मियाले अधिवेसन नवोलाउदा समय लम्विन गएको मासु व्यवसायीहरुले जनाएका छन् । 
 
चौथो अधिवेसनमा समेत मिया उपस्थित नभएपछि उनलाई पदबाट हटाएर व्यवसायीहरुले नयाँ कार्यसमिति चयन गरेका हुन् । अधिवेसनको सभापतित्व संयोजक खेमराज गौडेलले गरेका थिए भने स्वागत मासु व्यवसायी सुनिल श्रेष्ठले र संचालन पत्रकार चुत्रबहादुर महत(एशिव)ले गरेका थिए । अधिवेसनमा वालिङ भित्र रहेका २५ जना मासु व्यवसायीहरुको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ