arrow

सरकारलार्इ आचारसंहितामा बाँध्न यस्तो छ आयोगको रणनीति

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
Election_local_2074.jpeg
काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि लागु हुनेगरी जारी गरेको निर्वाचन आचार संहिता सशक्त ढ्रगले लागु गराउनको लागि नयाँ रणनीति अबलम्बन गर्ने भएको छ । आचारसंहिता जारी भएकै दिन सरकारका मन्त्री तथा सचिवहरुलाई डाकेर आवश्यक निर्देशन दिएको आयोगले सबै मन्त्रालयहरुलाई आचारसंहिता लागू गराउनको लागि नयाँ रणनीति अवलम्बन गरेको हो । 
 
जसको लागि आयोगले सबै मन्त्रालयहरुमा एकजना निर्वाचन सम्पर्क व्यक्ति तोकी आयोगले दिएको निर्देशन तत्काल कार्यान्वयन गराउने व्यवस्था गर्न लागेको हो । सो तयारीलाई मुख्य सचिव डा.सोमलाल सुवेदीले पनि प्रत्येक मन्त्रालयमा निर्वाचन सम्पर्क व्यक्ति तोकी निर्वाचन आयोगबाट मन्त्रालयमा प्राप्त हुने निर्देशन छिटो सरोकारवाला निकायहरुमा पुर्याउनको लागि निर्देशन दिए । 
 
साथै, गृह मन्त्रालयले आचार संहिता पालना गर्ने सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयलाई समेत आवश्यक व्यवस्था मिलाउन निर्देशन दिदै नेपाल सरकारका सम्पूर्ण निकाय तथा कर्मचारीहरूले निर्वाचन आचार संहिता पूर्ण रूपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अब आयोगले कुनैपनि निर्देशन दिँदा प्रत्येक मन्त्रालयमा निर्देशन पठाउँछ र सो निर्देशन मन्त्रालयले सरोकारवाला वा आफू मातहतका निकायहरुलाई पठाउने व्यवस्था मिलाईएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । 
 
आयोगले नेपाल सरकारलाई दिएको १९ बुँदे निर्देशन तथा शान्ति सुरक्षा सम्बन्धी ४ बुँदे निर्देशन र स्थानीय तह निर्वाचन आचार संहिता अनुकूल कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्न सम्बन्धित मा.मन्त्रीहरूलाई अनुरोध गर्नु भएको थियो । कार्यक्रममा मा.उपप्रधान तथा अर्थ मन्त्री श्री कृष्णवहादुर महराले आयोगले जारी गरेको निर्देशनहरू तथा निर्वाचन आचार संहिताहरू पालन गरी निर्वाचनलाई स्वच्छ र स्वतन्त्ररूपमा सञ्चालन गर्न प्रतिवद्ध रहेको व्यहोरा वताउनु भयो भने मा.उपप्रधान तथा गृहमन्त्री श्री विमलेन्द्र निधीले आचार संहिता पालना गर्नु पर्ने सबैले निर्वाचन आचार संहिता पालना गर्ने गराउने तर्फ सरकार 
 
प्रतिवद्ध रहेको कुरा व्यक्त गर्दै पदीय दुरुपयोग नहोस् भनी स्वतन्त्र निर्वाचनको लागि सुरक्षाको सम्पूर्ण बन्दोवस्ती गरेको कुरा बताउनु भएको थियो । कार्यक्रममा मा.मन्त्रीहरू अर्जुन नरसिंह के.सी., सीतादेवी यादव, बालकृष्ण खाँण लगायत २१ जना मन्त्री तथा राज्यमन्त्रीहरूको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ