arrow

विश्व क्रिकेट लिग: नेपाल र केन्या दुवै 'गर या मर'को स्थितीमा

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
cricket-nepal-new-pic.jpg.jpeg
काठमाडौं। आइसीसी विश्व क्रिकेट लिग खेल्न नेपाली टोलीको अन्तिम छनौट भएको छ। नेपाली टोलीको कप्तानी पारस खड्काले गर्ने छन्। 
 
केन्या बिरुद्ध नेपालले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फाल्गुन २८ र ३० गते खेल्ने छ। विश्व क्रिकेट बरियतामा नेापल १८औं स्थानमा रहेकोछ भने केन्या १७औं स्थानमा रहेको छ। 
 
विश्वकप क्रिकेट खेलेर एक चरणको सफलता चाखिसकेका खेलाडी र ब्यवस्थापक  सम्मिलित टोलीको अनुभवले नेपाललाई अफ्ठ्यारो पार्न सक्ने देखिन्छ । घरेलु मैदानमा नेपाल पनि बलियो टोलीका रुपमा प्रस्तुत हुनेछ। 
 
यो प्रतियोगिताको नेपालमा हुने दुई खेलमा दुवै टोलीलाई सत‍प्रतिशत नतिजा आफ्नो पक्षमा पार्नु पर्ने दवाब रहनेछ।  नेपाल ८ खेलमा ६ अंकका साथ छैठौं स्थानमा रहेको छ भने केन्या ८ खेलमा ८ अंकका साथ पाँचौं स्थानमा रहेको छ। 
 
प्रतियोगिताको पहिलो चार टोलीले विश्वकप क्रिकेटमा सिधै प्रवेश पाउनेछ । पहिलो चार स्थानमा पर्ने संभावना जिवित राख्नकालागि नेपाल र केन्या दुवैलाई दुवै खेल जित्नु पर्ने हुन्छ ।  दुवै टोलीको बिचको प्रतिस्पर्धा 'गर या मर'को हुनेछ। 
 
नेपालले केन्या बिरुद्धको तीन एकदिवसीय खेलमा जित हात पारेको छैन् भने दुई टि-२० खेलमा भने दुवै खेल नेपालले जितेको थियो। 
 
केन्या सन् १९९६को विश्वकप क्रिकेटमा तत्कालिन बलियो टोली बेष्टईण्डिजलाई हराएर विश्व क्रिकेटमा आफ्नो परिचय दिएको थियो। उक्त परिचय सन् २००३को विश्वकपसम्म आउँदा विश्वकपको सेमीफाईनलसम्म पुगेर विश्व क्रिकेटमा आफ्नो छाप छोडेको थियो। 
 
त्यस्तै राम्रो प्रदर्शनका आधारमा टेष्ट क्रिकेटको मान्यता पाउने संघारमा रहेको केन्या सन् २०१५मा एकदिवसीय क्रिकेटको मान्यता खोसिएको थियो। 
 
खस्कँदो प्रदर्शनले गर्दा केन्याको यो हविगत हुन पुगेको थियो। केन्याको क्रिकेट बोर्डमा भएको अनियमितताले केन्याको क्रिकेटलाई रसातलमा पुर्‍याएको छ। 
 
केन्या र नेपाल दुवैलाई यो प्रतियोगिता प्रतिष्ठाको लडाई पनि हुनेछ। 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ