arrow

डेढ वर्ष कैद तोकिएको अभियुक्त समय गुज्रनै लाग्दा पक्राउ

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
arrested.jpeg
इटहरी । हातहतियार तथा खरखजना मुद्दामा फरार रहेका अभियुक्त खोटाङ सोल्मा–६ बस्ने २१ बर्षीय संतोष राईलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
 
जिल्ला अदालत खोटाङको २०७२ पुस २ गतेको पत्रले फैसला भई १ बर्ष ६ महिना कैद तोकिएकोमा निज फरार रहेकोमा प्रहरीले खोजी गर्ने क्रममा सुनसरीको ईटहरी–२४ स्थित तरहरामा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
 
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ