arrow

संसदमा पुग्यो आईजिपी प्रकरण : संसदमा प्रश्न ‘देशलाई कता लाने, कुन नियतले, कहाँद्वारा सञ्चालित ?

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
CA-building.jpg.jpeg
काठमाडौं। सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीका महानिरीक्षक नियुक्ति विवादले व्यवस्थापिका संसद बैठकमा प्रवेश पाएको  छ ।
 
खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका सांसद रामकुमार राइले यो बिवाद शुत्ररबार संसदमा प्रवेश गराउँदै सर्वोच्च अदालतले कार्यपालिकाको निर्णयमा हस्तक्षेप गरेको बताए । सप्तरी तथा कञ्चनपुर घटनाको प्रसंग जोडेर उनले त्यस्तो घटना हुनुमा नेपाल प्रहरीभित्रको विवादले काम गरेको आरोप लगाए ।
 
सरकारलाई संवैधानिक अधिकार प्रयोग गर्न सर्वोच्च अदालतले नदिएको आरोप समेत उनले लगाए । संवैधानिक क्षेत्रभित्र बसेर आईजिपी नियुक्ति गर्दा रातारात कसैद्वारा नियोजित रुपमा एउटा मुद्दा हालेर भोलिपल्टै रोकिन्छ । 
 
रोकिसकेपछि त्यसलाई अनावश्यक रुपमा तन्काइन्छ र नेपाललाई एउटा सक्षम आईजिपी दिनबाट रोकिन्छ । यसको नियत के हो ?, राईले भने, यो देशलाई अब कता लाने हो?, कुन नियतले गरिएको हो ?, कहाँद्वारा सञ्चालित भएको हो ?, यो सदनमा उठ्नुपर्ने कुरा हो । (नागरिक दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ