arrow

कञ्चनपुरमा अनिश्चितकालीन निशेधाज्ञा, प्रदर्शन भने जारी

logo
दिपेन्द्र बस्नेत,
प्रकाशित २०७३ फागुन २८ शनिबार
anandabazaaar-kanchanpur.jpeg
आनन्दबजार। कञ्चनपुरको आनन्दबजारमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालीन निशेधाज्ञा जारी गरेको छ। भारतीय सीमा सुरक्षा बल एसएसबीले गत विहीबार नेपाली युवा गोविन्द गौतमको गोली हानी हत्या गरेपछि आक्रोशित बनेको नेपाली भीडलाई नियन्त्रण गर्नको लागि प्रशासनले निशेधाज्ञा जारी गरेको जनाएको छ। 
 
अहिले पनि नेपाली आक्रोशित भीड प्रहरीसँग दोहोरो झडप गरिरहेका छन्। विहान १० बजेदेखि अनिश्चितकालीन निशेधाज्ञा जारी गरेको भएपनि स्थानीय भने निशेधाज्ञा तोडेर प्रदर्शन गरिरहका हुन्। प्रहरीले अहिले बाटोभरी मानव सांलो बनाएर बाटो अवरुद्ध गरिरहेको छ। त्यसो त एसएसबीले पनि आफ्नो मुलुकपट्टि यसैगरी मानव सांलो बनाएर उत्तेजक भीडलाई रोकिरहेको छ। 
 
शनिबार नै मृतक गौतमको शबलाई दाहसंस्कार गर्ने तयारी भईरहेको छ। तर, अहिलेसम्म पोष्टमार्टम रिपोर्ट भने आईसकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ