arrow

द्वन्द्वसम्बन्धी कार्यदलले पहिलो चरणको प्रतिवेदन बुझायो

logo
प्रकाशित २०७३ चैत २ बुधबार
hamrakura-logo.jpeg
काठमाडौँ । द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवम् परीक्षणसम्बन्धी कार्यदल–२०७३ ले पहिलो चरणको प्रतिवेदन शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवलाई बुझाएको छ । 
 
कार्यदलले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले छानविन गर्न दिएको कुल सङ्ख्या १४ हजार ९८८ मध्ये तीन हजार ८३० जनाको पहिलो चरणमा समावेश गरिएको प्रतिवेदन मन्त्री यादवलाई बुझाएको हो । 
 
प्रतिवेदनमा तीन हजार ८३० मध्ये अङ्गभङ्ग-अपाङ्ग-घाइते एक हजार ६३०, टुहुरा बालबालिका ६८, अपहरणमा परेका व्यक्ति ७८८, मृतक १२५, बेपत्ता पारिएका व्यक्ति ८३, विस्तावित ६५१ र सम्पत्ति क्षति ४८५ रहेको छ । 
 
कार्यदलले बुझाएको प्रतिवेदन बुझ्दै मन्त्री यादवले द्वन्द्वकालीन पीडा निकै पीडादायी भएको हुँदा तोकिएको समयभित्र कार्यसम्पादन गर्न कार्यदललाई आग्रह गरिन् ।यादवले सरकारले दिएको समयभित्र प्रतिवेदन बुझाउन र काममा देखाएको लगनशीलताप्रति आफू निकै खुसी भएको बताइन् । 
 
कार्यदलका संयोजक रामचन्द्र घिमिरेले सरकारले आफूलाई निश्चित सङ्ख्या तोकेर काम गर्नका लागि ४५ दिनको समय दिएको र आफूहरुले पहिलो चरणको प्रतिवेदन पूरा गरेको र बाँकी पनि समयभित्रै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्रिपरिषद्को बैठकले २०७३ साल फागुन ११ गते द्वन्द्वकालीन यथार्थ घटना बाहिर ल्याउन एक कार्यदल निर्माण गरेको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ