arrow

प्रिमियर लिग फुटबलमा चेल्सीको विजयी यात्रा कायमै, आर्सनललाई झड्का

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
chelsea-win.jpeg
लण्डन । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सीको विजयी यात्रा कायमै रहेको छ । चेल्सीले आफ्नो २८ औं खेलमा स्टोक सिटीमाथि २–१ को जित निकाल्यो । १३ मिनेटमै विलियनको गोलबाट अग्रता लिएको चेल्सीले ३८ औं मिनेटमा जोनाथन वाल्टरले पेनाल्टीमा गोल गरेपछि बराबरीमा आउन वाध्य भयो ।
 
तर अन्तिम तिर अर्थात् ८७ औं मिनेटमा गेरी काहिलले गोल गरेपछि चेल्सी ढुक्क भयो । स्टोकका फिल बार्डसलीले दोहोरो पहेंलो कार्ड खाँदा इन्जुरी समयमा थप पीडा भोग्यो । 
 
लिगको अर्को खेलमा आर्सनलले भने पराजय भोगेको छ । आर्सनललाई वेष्टब्रोमविच आल्बियनले ३–१ ले हराएको हो । यो हारले भने आर्सनललाई निकै तल पुर्याएको छ ।
 
अन्य खेलमा क्रिष्टल प्यालेसले वाटफोर्डलाई १–० ले, एभर्टनले हल सिटीलााई ४–० ले, लेस्टर सिटीले वेष्टह्याम युनाइटेडलाई ३–२ ले तथा एएफसी बर्नमाउथले स्वान्सी सिटीलाई २–० ले हरायो ।
 
सन्डरल्याण्ड र बर्नलीले भने गोलरहित बराबरी खेलेका छन् । लिगमा २८ खेलबाट ६९ अंकको चेल्सी शीर्ष स्थानमा अनवरत कायमै छ ।
 
एक खेल कम खेलेको दोस्रो स्थानको टोटनह्याम र तेस्रो स्थानको म्यानचेष्टर सिटीको समान ५६–५६ अंक छ । लिभरपुलको ५५ तथा आर्सनलको ५० अंकमात्र छ । 
Chelsea took an early lead when Stoke goalkeeper Lee Grant failed to keep out a speculative free-kick from Willian
The Brazil international celebrates with Chelsea team-mate Diego Costa after breaking the deadlock at the Bet365 Stadium
Cahill fired home from a corner to snatch all three points for the visitors with just two minutes remaining in the match
Stoke goalkeeper Lee Grant can only parry Willian's near post free-kick into the goal - handing Chelsea the lead on Saturday
The Brazil international, who has struggled for starts in the Premier League this season, celebrates his opening goal 
Stoke defender Bruno Martins Indi had a goal ruled out for a foul in the build-up as the hosts looked to hit back
Bruno Martins Indi and Phil Bardsley argue with referee Anthony Taylor and his assistant after seeing the goal chalked off
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ