arrow

राप्रपाको हिन्दू राष्ट्र हटाईएको बारे निर्वाचन आयोगको टालटुले जवाफ

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
nirwachan_aayukta.jpeg
काठमाडौं । राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राजतन्त्र भन्ने शब्द हटाईएको बारे निर्वाचन आयोगले टालटुले जवाफ दिएको छ । केही दिनदेखि राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनेको सो विषयमा निर्वाचन आयोगले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुलाई टालटुले जवाफ दिएको हो । 
 
आयोगले निर्वाचनको तयारीको विषयमा विशेष पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनमा पत्रकारहरुले राप्रपाको एजेण्डामा निर्वाचन आयोगले संविधानको कुन धारा र कुन ऐन अनुसार सो शब्द हटायो भन्ने प्रश्नमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले नेपालको संविधानको धारा २ सय ७० र २ सय ७१ तथा राजनीतिक दलदर्ता सम्बन्धि ऐन २०५८ अनुसार एजेण्डा संशोधन गराईएको जानकारी दिए । तर उनले ऐनको कुन दफा अनुसार प्रतिबन्ध लगाईयो भन्ने प्रश्नमा भने उनले संविधान र ऐन अध्ययन गर्नुपर्ने स्पष्ट पारे । 
 
राप्रपाले त निर्वाचन आयोगले राजनीति गरेको आरोप लागेको छ नि ? भन्ने प्रश्नमा प्रमुख आयुक्त यादवले निर्वाचन आयोग निर्वाचन गराउन प्रतिवद्ध रहेको र आयोगको विषयमा कुनै शंका नगर्न आग्रह पनि गरे । अन्य दलको एजेण्डा चाहिँ किन संशोधन गरिएन ? भन्ने प्रश्नमा भने यादवले आफूहरुलाई ११३ वटै दलको विषयमा जानकारी रहेको भन्दै त्यसमा कुन दलको एजेण्डा हटाउने र नहटाउने भन्ने विषयमा आयोगलाई जानकारी र स्पष्ट मापदण्ड रहेको स्पष्ट परे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ