arrow

ठेकेदारको लापरवाहीका कारण चन्द्रौटावासीलार्इ खानेपानी अभाव

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
khanepani-News_-chait-13.jpeg
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा निर्माण भैरहेको खानेपानी आयोनजाको काम ठेकेदारले ढिलाई गर्दा उपभोक्तहरु खनेपानीबाट बन्चित हुनु परेको छ । रिपोटर्स क्लब नेपाल चन्द्रौटा शाखाले अयोजना गरेको साक्षात्कार कार्यक्रममा करिव १४ करोड ३७ लाखको लागतमा निर्माणधीन अवश्थामा रहेको आयोजना समयमै नसकिँदा समस्या सिर्जना भएको उपभोक्ता समितिका अध्यक्ष तौफिक खानले बताएका छन् ।
 
कुल लागतको ५ प्रतिशत रमक उपभाेक्ताबाट खर्च भएको आयोजनाको काम कहिले सकिन्छ भनेर उपभाेक्ताले आफुलाई सोध्ने गरेको खांनले बताए । निर्माण पक्षलाई पटक पटक काम सम्पन्न गर्न अनुरोध गरेपनि निश्चित समयमा काम नसकिने भएपछि दुख लागेको बताए । ठेकेदार पक्षले समयमा निर्माण सम्पन्न नगर्दा चन्द्रौटावासीहरु खानेपानीबाट बन्चित भएका हुन ।
 
तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाद्धारा संचालित कार्यान्यवन ईकाई चन्द्रौटाले समयमै काम नसकेपछि चन्द्रौटावासी पानी पिउनबाट वन्चित भएका हुन । निर्माण पक्षले आँउदो वैशाख भित्र काम सकने सम्झौता भएपनि काममा भएको ढिलाईले आयोजनाको काम गर्न नसकिने भएको छ ।
 
तोकिएकै समयमा पानी उपलब्ध गराउन माग गरिरहेका उपभाेक्ताको गुनासो पछि रिपोटर्स कल्व नेपाल चन्द्रौटा शाखाले आईतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै आयोजनाका व्यस्थापक विक्रम  काशिछवाले वैशाख भित्र पानि खुवाउन नसकने बताएका छन् । काशिछवाले असोज भित्र कुनै पनि हालतमा काम सकेर उपभोक्ता घर घरमा पानी पुर्याउने बताए । 
 
गत वर्षको मधेसबन्दले सम्वन्धीत निकायवाट समयमा सामान ल्याउन नसक्दा काम प्रभावित भएको बताए । रिपोर्टस क्लबको साक्षत्कार कार्यक्रममा परामर्शदाता भरत पौडेलले विल्डिङको काम ९८ प्रतिसत, ओभरहेडको काम ९८ प्रतिशत, टविल निर्माणको काम ९८ प्रतिशत गार्ड हाउस निर्माणको काम ९८ प्रतिशत र पाईप लाईनको काम ६५, प्रतिशत सकिएको बताए । 
 
शिवराज नगरपालीकाले वाटो निर्माणको बेला छापिएको पाईप काटिदिएकोले थप समस्या भएको पौडेललेको भनाई छ । काटिएको पाईप नगरपालीका वा आयोजना कसले मर्मत गर्ने भन्ने विषयमा पनि विवाद भएको परामर्शदाता पौडेलले बताए । यता आयोजनाका ईन्जिनियर आयुष भुसालले काम छिटो सक्ने तर्फ आफुहरु लागेको बताए ।
 
नेपाल सरकारवाट ७० प्रतिशत रकम, एडिवी वाट २५ प्रतिशत ऋण र उपभोक्तावाट ५ प्रतिशत रकमबाट सन् २०१५ जुलाई ८ तारिख सम्झौता भएको आयोजनाको काम जुलाई २२ ,२०१५ देखि सुरु भएको थियो । जनवरी ०७ ,२०१७ भित्र काम सक्ने लक्ष्य लिएको आयोजनाको काम नसकिएपछि ३ महिना म्याद थप गरिएको थियो । फेरि थपिएको म्यादमा पनि काम पुरा नहुने निश्चित भएपछि थप काम सकिन अझै पाँच महिना लाग्ने निर्माण पक्षले वताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ