arrow

निर्वाचन आयोगलाई पनि बिझायो गृहमन्त्री निधिको ट्वीट

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
election_press.jpg

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिको ट्वीटको विषयलाई लिएर निर्वाचन आयोगले विज्ञप्ती प्रकाशित गरी आश्चर्य जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले विज्ञप्ती जारी गर्दै निर्वाचन सम्बन्धी तयारी पर्याप्त नभएको भनि गरिएको ट्वीटका सम्बन्धमा आयोगको सख्त ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

गृहमन्त्री निधिको ट्वीटले निर्वाचन आयोगको काम कारबाहीप्रति आम जनमानसमा द्विविधा उत्पन्न भएको भन्दै तोकिएको समयमै स्थानीय तहको निर्वाचन गराउने कुरामा विश्वस्त रहन सार्वजनिक अपिल गरिएको छ ।

गृहमन्त्री निधिले आइतबार मध्यरातमा ट्वीट गर्दै स्थानीय तहको चुनावका लागि निर्वाचन आयोग र सुरक्षा प्रवन्ध मात्रै पर्याप्त नहुने, राजनीतिक व्यवस्थापन अपरिहार्य छ, भनेका थिए ।

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ