arrow

डोल्पामा जीप दुर्घटना, ४ को मृत्यु २ घाइते

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार

डोल्पा । डोल्पाको ठूलो भेरी नगरपालिका–९ भिठ्ठीमा यात्रु वहाक जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भे १ च १२५१ नम्बरको जीप दुर्घटना भएकाे हाे । दुर्घटनामा परी २ जना घाइते भएका छन् ।

ठूलो भेरी–९ का १६ वर्षीय लोकचन्द्र शाही, दैलेख घर भएका चालक २५ वर्षीय बुद्ध सिंह कठायत, डोल्पा त्रिपुरासुन्दरी बस्ने ६० वर्षीय धर्मलाल बुढा र डोल्पा ठूलो भेरी–१७ की सोनी रोकायको मृत्यु भएको हो ।
ठूलो भेरीका पञ्च बुढा र सल्यान कालागाउँ–४का केशर आचार्य घाइते छन् ।

घाइतेको दुनैस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालकको समेत मृत्यु भएकाले दुर्घटना कसरी भयो भन्नेबारे अहिले केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ