arrow

राष्ट्रपति भण्डारीसँग प्रवासी नेपालीको भेट, सवारी गुजराततर्फ

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
vidya-mukharjee.JPG

राजकोट । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भ्रमणको चौथो दिन बिहीबार प्रवासी नेपालीहरुले भेटघाट गरेका छन् । 

राष्ट्रपति रहेको होटेल इम्पेरियलमा प्रवासी नेपालीहरुले उनलाई भेटेका हुन् । 

राष्ट्रपति भण्डारीले भारतको मुख्य औद्योगिक पश्चिमी राज्य गुजरातको राजकोटस्थित औद्योगिकस्थल अवलोकन गर्दैछिन् ।

राष्ट्रपति भण्डारी यहाँस्थित गोपाल दुग्ध डेरी उद्योगको अवलोकन भ्रमणपछि दिउँसो उडिसा राज्य जाने कार्यक्रम रहेको छ । 

यसैबीच, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बिहीबार बिहान भ्रमण दलका सदस्यहरुलाई समीक्षात्मक जानकारी गराएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ