arrow

रुकुममा बस दुर्घटना, घाइतेको उपचार हुँदै

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
Rukum_District.png

रुकुम। रुकुमको मुसिकोटमा यात्रुवहाक बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। घाइते मध्ये एक यात्रुको अवस्था नाजुक छ। रुकुमको मुसिकोटबाट नुवाकोट जाँदै गरेको मिनिबस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।

ग १ ख ४२४५ नम्बरको मिनि बस दुर्घटनामा परी त्रिवेणी गाउँपालिका –१० का २६ वर्षीय दुर्गा बहादुर खड्का, मुसीकोट नगरपालिका –११ की ३५ वर्षीया मैना पुन, सोही गाउँकी –२५ वर्षीया गिता ओली पुन र २७ वर्षिया गिता खड्का घाइते भएका छन् । घाइते मध्ये गिता ओली पुनको अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ । घाइतेकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ