arrow

भक्तपुरमा काँग्रेसका १६ सय यूवाले निकाले मोटरसाइकल र्‍याली

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
congress-123.jpg.jpeg

भक्तपुर । स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाका सबै नागरिकलाई निर्वाचनमा सहभागीताका लागि आग्रह गर्न नेपाली काँग्रेसले मोटरसाइकल र्याली आयोजना गरेको छ । 

स्थानीय लोकन्थलीका युवा समूहले आयोजना गरेको सो र्‍याली लोकन्थलीबाट दिब्यश्वरी, सानोठिमी, धुन्चेपाखा, बोडे, नगदेश, बाखाहा बजार, मिलरोड, नगरपालिका सडक, दुई पोखरी, बालकुमारी, चपाचो, मध्यपुरथिमि शङ्खधर चोक, गठ्ठाघर, कौशल्टार हुँदै पुन : लोकन्थली आएर समापन भएको थियो ।

र्‍यालीमा मध्यपुरथिमि नगरपालिकाका करिब १६ सय मोटरसाइकल तथा २००० भन्दा बढी काँग्रेसका युवा कार्यकर्ता सहभागी भएका थिए ।

नेपाली काँग्रेस मध्यपुरथिमि नगरसमितिका पूर्व सभापति एवम् मध्यपुर थिमि नगरपालिकाका प्रमुखका दाबेदार अष्टकुमार कवेँले र्‍यालीको शुभारम्भ गरेका थिए ।

निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै दल एवम् सरोकारवाला निकायले ध्यान दिनुपर्छ भन्दै दिंदै उनले यस नगरपालिकाको समग्र विकासका लागि नेपाली काँग्रेसले निर्वाचनमा विजय हासिल गर्नुपर्नेमा जोड दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ