arrow

विद्यार्थी संगठनको आन्दोलन धन्दा : नाङ्लो ठटाएर हात्ती तर्साउने जुक्ती !

अहिलेको आन्दोलनले पनि निकास दिएन भने भूमिकामाथि प्रश्न उठाउनूस् : विद्यार्थी नेता

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
talachabi_student.jpg

काठमाडौं । नयाँ शैक्षिक वर्ष सुरु भएको छ । विद्यार्थीहरुको भर्नामा चर्कोशुल्क असुली गरेको भन्ने आरोपमा धेरै अभिभावकहरु विद्यालयप्रति आक्रोशित बनिरहेका छन् । गुणस्तरीय शिक्षा भन्दा पनि विद्यार्थीहरुबाट चर्को शुल्क लिएर शिक्षाको नाममा व्यापार गर्ने विद्यालयहरुमा बुधबार मात्रै संयुक्त विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । 

 

झट्ट हेर्दा विद्यार्थी संगठनहरुको यो आन्दोलन अभिभावकहरुको पक्षमा र चर्को शुल्क असुली गर्ने विद्यालयहरुको विपक्षमा देखिन्छ । विद्यार्थी आन्दोलनबाट स्थापित भएका विद्यार्थी संगठनहरुको मूल उद्देश्य पनि शिक्षा क्षेत्रमा देखिएका बेथितीहरुको अन्त्य गर्नु नै हो । यस्तो विषयमा वर्षेनी विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिन्छन् । विद्यालयहरुमा तालाबन्दी गर्ने हो या त अन्य कुनै विरोधका कार्यक्रमहरु सुरु गर्छन् । तर, त्यो कार्यक्रमको अन्त्य कसरी भयो ? ककससँग केके विषयमा सहमति भयो भन्ने कुरा कसैलार्इ पनि थाहा हुँदैन । मात्रै आन्दोलनको विषयमा मात्रै सबैलार्इ जानकारी हुन्छ । तर, आन्दोलनले विद्यार्थी र अभिभावकहरुलाई राहत पुर्याएको भने अहिलेसम्म भेटिएको छैन । 

 

एउटा शंकास्पद कुरा त के छ भने नयाँ शैक्षिक वर्ष सुरु भएसँगै सबै विद्यार्थी संगठनहरुले आन्दोलनको हौवा पिटेर दुनियाँ अभिभावकहरुको पक्षमा काम गरिरहेको देखाउँछन् । तर, उनीहरु वर्षभरी चाहिँ कहाँ हराउँछन् । उनीहरुले शुल्ककै कुरामा पनि परीक्षाको समयमा होस् या त मासिक शुल्कको विषयमा नै किन नहोस् । विद्यार्थी र अभिभावकको समस्या किन समाधान गरिँदैन ? उनीहरुको नजरमा के विद्यालयहरुको समस्या यही एक पटक मात्रै हो जस्तो लाग्छ ? यी र यस्ता प्रश्नहरु धेरै अभिभावकको मुखबाट सुन्न पार्इन्छ । तर, त्यसैको समाधानको लागि भनेर गरिएको विद्यार्थीको आन्दोलन भने कुन् विन्दूको वार्गेनिङमा पुगेर टुङ्गिन्छ त्यो कुरा विद्यार्थी संगठनहरुलाई मात्रै थाहा होला अरुलाई थाहा हुँदैन । 

 

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले अब भने यो आन्दोलन कुन विन्दूमा पुगेर टुङ्गिन्छ भन्ने बारेमा पत्रकार सम्मेलन नै गरेर जानकारी दिने प्रतिवद्धता व्यक्त गरे । आफ्नो आन्दोलन शैक्षिक संस्थामा देखिने विकृति विरुद्ध रहेको त अध्यक्ष महरले बताए । तर, सधैंभरी शैक्षिक शत्रको सुरुमा मात्रै किन आन्दोलनको नाटक गरिन्छ ? भन्ने प्रश्नमा भने उनी नाजवाफ भए । 

 

विद्यार्थीहरुको यस्ता आन्दोलनले न त अहिलेसम्म कुनैपनि अभिभावकहरुले तिरेको पैसा फिर्ता पाएको रेकर्ड भेटिएको छ न त कुनै विद्यालयले शुल्क कम गरेको रेकर्ड नै । मात्रै विद्यार्थी संगठनको यो आन्दोलन नाड्लो ठटाएर हात्ती तर्साएको भनिएजस्तै, आन्दोलनको त्रास देखाएर वार्गेनिङको  बाटो खन्ने मेसो मात्रै रहेको पीडित अभिभावकहरुको आरोप छ । 

 

त्यस्तै, अनेरास्ववियुका सचिव आरसी लामिछानेले यो आन्दोलन निर्णयक आन्दोलन रहेको भन्दै अघिल्ला वर्षहरुमा जस्तो आन्दोलन बीचैमा नछाडिने स्पष्ट पारे । अबको आन्दोलनपछि सहमति कोठामा नभई टुँडिखेलको खुल्ला चौरमा हुने भन्दै अबको आन्दोलनले नाजायज रुपमा असुलेका विद्यार्थीका शुल्कहरु फिर्ता गराएरै छाड्ने अठोट व्यक्त गरे । उनले यो आन्दोलनबाट पनि अभिभावकलाई राहत दिन सकिएन भने विद्यार्थी संगठनको भूमिका माथि नै प्रश्न चिह्न उठाउन सकिने बताए । बुधबार मात्रै संयुक्त विद्यार्थी संगठनले ५३ वटा विद्यालयमा तालाबन्दी गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ