arrow

राजनीतिमा नयाँ ध्रुवीकरण: ज्ञानेन्द्र, ओली र लोहनी एकै ठाउँमा, ज्ञानेन्द्र राप्रपा फुटाउनतिर

गणतन्त्र सुरक्षित राख्न महाअभियोग दर्ता

logo
बाबु नेपाली
प्रकाशित २०७४ वैशाख १८ सोमबार
oli-gyanendra.jpg

काठमाडौं । नेपाली राजनीतिमा आइतबारको माहोल यसरी परिवर्तन भयो कि मानौं हरेक कुरा नसोचेको भयो । त्यही नसोचेको तर शंकापूर्ण भेट एमाले अध्यक्ष केपी ओली, पूर्व राजा ज्ञानेन्द्र शाह र नयाँ पार्टी खोलेका राजाबादी डा. प्रकाशचन्द्र लोहनीबीच भएको हो । 

राजधानीको बुढानीलकण्ठस्थित एक गोप्य स्थानमा भएको भेटले केपी ओलीले पछिल्लो समय देखाएको बेइमानी पनि छताछुल्ल भएको छ । उनले विभिन्न बहाना गर्दै संविधान संशोधन गराउन नदिने र चुनाव पनि हुन नदिने प्रपञ्च रचेका थिए । 

शनिबार नेपाली काँग्रेसका नेताहरु ओलीलाई भेट्न उनकै निवास बालकोट जाँदासमेत सहमति भन्दा कसरी असमझदारी बढाउन सकिन्छ भन्ने किसिमका अभिव्यक्ति दिएर ओलीले संविधान र चुनावको विपरित धारामा बगेको संकेत दिएका थिए । 

‘संविधान संशोधन गर्न नदिएर र चुनाव हुने वातावरण बनाउन नदिएर तपाई भोलि के गर्नुहुन्छ त ?’ भन्ने काँग्रेस नेताहरुको प्रश्नमा ‘तपाईहरु हेर्दै जानुस् न’ भनेका ओली एक्कासी बुढानीलकण्ठमा ज्ञानेन्द्र शाह र प्रकाशचन्द्र लोहनीसंग गोप्यवार्तामा भेटिनुलाई पहिलेदेखिकै चलखेल भएको रुपमा बुझ्न थालिएको छ । 

के छ तीन जनाको प्लान ? 

बुढानीलकण्ठ वार्ता निकै सकारात्मक भएको स्रोतले दाबी गरेको छ । स्रोतले नेपालमा पुनः राजतन्त्र फर्काउन ओली निकै नै सकारात्मक रहेको दाबी गरेको हो । यसकै गेमप्लान अनुसार राजतन्त्रको स्वार्थपूर्ण वकालत गर्दै आएका राप्रपा अध्यक्ष कमल थापाको पार्टीलाईसमेत झड्का दिंदै एक दर्जनबढी सांसद लोहनीको दलमा जाँदैछन् । 

थापाले त ज्ञानेन्द्रले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको आरोपसमेत लगाएका छन् । राजतन्त्रको वकालत गर्दै स्वार्थपूर्ण राजनीति गरेका कमल थापा अवसरवादी हुन् भन्ने आँकलन गर्दै ज्ञानेन्द्रले लोहनीलाई साथ दिएका हुन् । 

ओली पनि काँग्रेस र माओवादीसंग साँठगाँठ गर्नुभन्दा ज्ञानेन्द्रसंगै साँठगाँठ गर्दा सुरक्षित भइने नियतले साथ दिइरहेको बताइन्छ । एमालेका नेताहरुले सोमबार बिहान निर्मल निवासमै पूर्व राजासंग भेटवार्ता गरेको स्रोतको भनाइ छ । 

ओलीको कदम रोक्न महाअभियोग !
केपी ओलीले काँग्रेस र माओवादीका नेताहरुलाई जेलमा कोच्न पाए आफू सदावहार सत्ताको मालिक हुने र राजसंस्थाले सधै आफूलाई नै चुनिरहने मनोकांक्षा बोकेकै कारण उनले सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रयोग गरेको स्रोतको दाबी छ । 

स्रोत भन्छ, ‘जब मुख्य पार्टीका प्रमुखलाई नै विभिन्न आरोपमा जेल हाल्न सकियो भने त्यही अस्थिरताको बहानामा राजसंस्था ब्यूँताउने र सरकारको चाबी सधैका लागि आफूले सुरक्षित राख्ने उद्धेश्य ओलीले बोकेका हुन् ।’ 

ओलीको यही शंकास्पद र आफूहरुलाई फसाउने षडयन्त्र थाहा पाएरै काँग्रेस र माओवादीले गणतन्त्र सुरक्षित राख्न पनि महाअभियोग लगाउन प्रस्ताव दर्ता गरेको बताइएको छ । कार्कीमार्फत ओलीले काँग्रेस माओवादी ध्वस्त पार्न प्रपञ्च रचिरहेका थिए ।

राजावादीहरु के चाहन्छन् ?
राजसंस्थासंग आस्था राख्ने पूर्व राजावादीहरु कमल थापाको बढ्दो हैसियतप्रति रुष्ट छन् । त्यसैले पनि उनीहरुले लोहनीलाई साथ दिएका छन् । पूर्व राजाका नाति हृदयेन्द्रको ब्रतबन्धको पार्टीमा पूर्व राजावादीहरु ऐक्यवद्ध हुँदै लोहनीको पक्षमा लाग्नुपर्नेमा जोड दिइरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ