arrow

मदन भण्डारीका हत्यारा पत्ता लाग्ने भनेकै दिन ओलीले राखे बामदेवको घरमा बैठक

logo
प्रकाशित २०७४ जेठ ३ बुधबार
Bamdev-Gautam-Kp-Oli.jpeg

काठमाडौं । एमाले स्थायी कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा मतदान गर्ने मतदातालाई धन्यवाद दिएको छ । पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटी ललितपुरमा बसेको बैठले मतदातालाई धन्यवाद दिएको हो । गौतमको निवासमा बसेपनि बैठकको अध्यक्षता केपी ओलीले नै गरेका थिए । २४औं मदन–स्मृति दिवससकै दिन ओली बामदेवको निवासमा बैठक राख्न पुगे ।

बैठकले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति बैठकले उच्च सम्मानसहित श्रद्धासमुन अर्पण गरेको छ । बैठक बस्नु अघि मदननगर बल्खुमा भएको कार्यक्रममा अध्यक्ष ओलीले चितवनको दासढुंगामा २४ वर्षअघि भएको मदन भण्डारी र जीवराज आश्रतिको हत्याको रहस्य पत्ता लाग्ने बताए । ओलीले राजपरिवार बंश सखाप हुने गरी भएको दरबार हत्याकाण्डको पनि रहस्य पत्ता लाग्ने सुनाए ।

अध्यक्ष ओलीले दासढुंगा काण्ड र दरबारकाण्डलाई ठूला शक्तिले गरेको षड्यन्त्रपूर्ण हत्याका रुपमा चित्रित समेत गरे । स्थायी कमिटी बैठकमा भने हत्यारा पत्ता लगाउने विषयमा आसै कुरा निकालेनन् । बैठकमा स्थानीय तहको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भयो ।  

निवार्चनपछि फरक पहिचान र हैसियतसहित निर्माण भएका स्थानीय तहले विशेष अर्थ राख्ने भन्दै एमालेले आफ्ना प्रतिनिधि चयनका लागि मतदान गर्ने मतदातालाई धन्यवाद दिएको छ । स्थानीय तहको निर्वाचनले जनताका प्रतिनिधिहरूद्वारा निर्मित नेपालको संविधानलाई जनअनुमोदित गर्नुका साथै संविधान कार्यान्वयनका निम्ति थप आधारसमेत प्रदान गरेको बैठकको निष्कर्ष छ ।

निर्वाचनका बेला प्रहरी, प्रशासन र राज्यका कतिपय निकायहरूलाई सरकारले दुरुपयोग गरेको भन्दै खेद प्रकट गरेको छ । एमालेले भनेको छ, ‘सत्ताधारी गठबन्धनका कार्यकर्ताहरूको संलग्नतामा दोलखा, सिन्धुपाल्चोक, धादिङ, काभे्र, रसुवा, हुम्ला, रुकुम, नुवाकोट, मकवानपुर, रामेछापलगायतका जिल्लामा मूलतः सत्ताको आडमा भएका अपराधिक र अराजनीतिक क्रियाकलापहरुको एमाले घोर निनदा गर्दछ ।’ निर्वाचनका क्रममा भएका घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न संसदीय छानविन समिति गठन गर्नसमेत माग गरिएको छ ।

निर्वाचनको क्रममा भएका आपराधिक क्रियाकलाप र राज्यसत्ताको दुरुपयोग तथा  निर्वाचन आचारसंहिताबारे एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । निर्वाचनका बेला घटेका घटनाका मृतकप्रति श्रद्धाञ्जली भन्दै एमालेले घाइतेको उपचारका लागि सरकारलाई अनुरोध गरेको छ ।

स्थानीय तहको संख्या हेरफेर मान्य हुँदैन
स्थानीय तहको संख्या सीमांकन र नामांकनसम्बन्धी प्रतिवेदनलाई स्वीकृत गरी पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेकाले यही आधारमा अविलम्ब दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग र सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं, एमालेले भनेको छ ।

निर्वाचनका सम्पूर्ण तयारीका कामहरु अन्तिम चरणमा पुगिसकेकाले भ्रम र अन्योल उत्पन्न गर्ने गरी स्थानीय तहको सीमांकन र संख्यालाई हेरफेर गर्ने कुरा एमालेलाई स्वीकार्य नहुने समेत प्रष्ट्याएको छ ।

संविधानको कार्यान्वयन आजको आवश्यकता हो भन्दै एमालेले तोकिएको समयभित्र तीनवटैै तहको निर्वाचन सम्पन्न गरी नेपाललाई थप एकताबद्ध बनाउनुन दलहरुबीच एकता, सहमति र सहकार्यको ऐतिहासिक आवश्यकता रहेकामा जोड दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ