arrow

सूर्यविनायक नगरपालिकामा एमालेले गाड्यो झण्डा

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
CPN-UML-Flag.jpg.jpeg

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा नेकपा एमालेका वासुदेव थापा र उपप्रमुखमा एमालेकै जुना बस्नेत विजयी भएका छन् ।

आइतबार बिहान ४ बजे निर्वाचन अधिकृत दुर्गादेवी गुरुङले सार्वजनिक गरेको मतपरिणामअनुसार नगरप्रमुखमा एमालेका थापाले १२ हजार ८८६ र उपप्रमुखमा बस्नेतले १२ हजार ८३२ मत प्राप्त गरी विजयी भएका हुन् । 

नगरप्रमुखमा थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १६५ र उपप्रमुखमा काँग्रेसकै कल्पना राजथलाले आठ हजार ९०२ मत प्राप्त गरे ।

त्यसैगरी सूर्यविनायक नगरपालिका वडा नं १० को वडाध्यक्षमा एमालेका उम्मेदवार शिवराम राउत विजयी भए । राउत एक हजार २० मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पाण्डव सुवालले ३९९ मत प्राप्त गरे । 

त्यसैगरी एमालेबाट उम्मेदवारी दिने महिला सदस्य गीता देउजा, दलित महिला सदस्य कमला सुनुवार, सदस्यहरुमा सुभद्रा खत्री र शिवहरि कार्की विजयी भए ।

सूर्यविनायक नगरपालिकामा कुल १० वटा वडा रहेकामा सातवटा वडा एमालेले प्यानलसहित विजयी हासिल गरेको छ भने तीनवटा वडामा काँग्रेसले विजयी हासिल गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ