arrow

एमालेलाई सरकारमा ल्याउन काँग्रेसले प्रयास गर्ने: मन्त्री थापा

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
gagan.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा स्वास्थ्य मन्त्री गगन थापाले सत्तारुढ गठवन्धनको ठूलो दलको नाताले काँग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि सरकारमा सहभागि गराउन पहल गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थापाले लगातार गर्नुपर्ने ३ वटा चुनाव सहजताका साथ सम्पन्न गर्ने दायित्व पुरा गर्न पनि काँग्रेसले एमालेलाई सरकारमा सहभागि गराउन पहल गर्नुपर्ने बताएका हुन् ।

स्थानिय तहको निर्वाचन भए पश्चात वाँकी रहेको प्रदेश र संघको चुनाव गराउने जिम्मेवारी काँग्रेसको काँधमा आएको उल्लेख गर्दै थापाले सबै चुनाव पछि संविधान कार्यान्वयनको एउटा चक्र पुरा हुने उनले बताए।  

लोकतन्त्रमा ठूला दलहरु मध्ये एक प्रतिपक्षमा नै बस्नुपर्ने पक्षमा रहेपनि संविधान कार्यान्वयनको लागि एमालेलाई सरकारमा लानुपर्ने पक्षमा आफू रहेको थापाले बताए। अहिलेको प्रमुख चुनौती संविधान कार्यान्वयन रहेको उनले बताए।

संसदमा एमालेको गतिरोध र मधेशी दलको आन्दोलनका कार्यक्रमप्रति लक्षित गर्दै थापाले केहिघण्टामा संसदको गतिरोध हटाउने वातावरण बन्ने र केहि दिनमै मधेशी दल चुनावमा भाग लिने बातावरण काँग्रेसले बनाउने थापाले बताए।

काँग्रेस जिम्मेवार पार्टी भएका नाताले अरु पार्टीलाई जस्तो घुर्‍क्याउने, दङग्याउने, आवेग र उत्तेजनामा आउने सुविधा नभएको मन्त्री थापाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ