arrow

'पोखरामा १० दिनभित्र सुखी र समृद्धि महानगरको लागि काम सुरु'

logo
प्रकाशित २०७४ जेठ १५ सोमबार
man_bahadur_gc.jpg

पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्ने बताए। दशौँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्र मूल समारोह समिति पोखराले सोमबार पोखरामा आयोजना गरेको समारोहमा पद बहाली गरेपछिको पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख जिसीले १० दिनभित्र सुखी र समृद्धि महानगर बनाउन परिणाम निस्कने गरी कामको सुरुवात गर्ने दृढता व्यक्त गरे। 

पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको दिशातर्पm उन्मुख भएको उल्लेख गर्दै उनले बेथितिको अन्त्य र बदमासी गर्नेलाई कारबाही गरेर महानगरलाई अधिराज्यकै एक सुरक्षित सहर बनाउनेतिर अघि बढिने धारणा राखे । 

क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउन अमूल्य योगदान पु¥याउने वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्रलाई संस्थागत गर्ने पहिलो खुट्किलोका रुपमा रहेका स्थानीय तहको निर्वाचनका कार्यक्रम अघि बढेकामा खुसी व्यक्त गरिन् । उनले महानगरवासीलाई शान्ति सुव्यवस्था र सेवा प्रवाहमा परिवर्तनको प्रत्याभूति हुने गरी काम हुनुपर्नेमा जोड दिइन्। 

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जनप्रतिनिधिहरुले जनभावनाअनुसार काम नगरेपछि आउने आवधिक निर्वाचनमा पराजित गराउने जनताको मताधिकार भएकाले सबै जनप्रतिनिधिले इमान्दारिताका साथ काम गर्नुपर्ने विचार व्यक्त गरे। 

गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक बलराम ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष वामदेव ढुङ्गाना र आदर्श समाज संस्थाकी अध्यक्ष विजयलक्ष्मी कोइरालाले गणतन्त्र दिवसको महत्वमाथि प्रकाश पारेका थिए। सो उपलक्ष्यमा विभिन्न व्यक्तिहरुले रक्तदानसमेत गरेका थिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ