arrow

‘राजेन्द्र महतोलाई राज्यले मार्न खोजेकै हो’, मैले टेलिफोन.......... :स्वास्थ्यमन्त्री

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
rajendra-mahato--fnl.jpg.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा जारी राखेको आन्दोलनको नेतृत्व मोर्चाको मूख्य घटक सद्भावना पार्टीका अक्ष्यक्ष राजेन्द्र महतोले गरिरहेका छन् । विराटनगरको जोगवनी नाकामा धर्नाका क्रममा भएको झपडमा घाइते भएका महतोको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ । महतोको स्वास्थ्य अवस्थाबारे चिकित्सकिय पूर्ण विवरण आइतबार साँझ सम्म आउने बताइएको छ । महतो घाइते भए लगत्तै विराटनगरको गोल्डेन हस्पिटल भर्ना भए । थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका महतो स्वाथ्य थप बिग्रिएको भन्दै शुक्रबार मात्रै दिल्ली गएका हुन् ।
 
महतो घाइते भएको र उनको स्वास्थ्य उपचारबारे संचारमाध्यममा आएका समाचार नै नागरिकका लागि सूचना बनेका छन् । सरकारको तर्फबाट नागरिकको जानकारीका लागि कुनै सूचना जारी भएको छैन । महतोको परिवार र उनको पार्टी सद्भावनाले राज्यले महत्तोलाई मार्न खोजेको आरोप लगाएको छ । यता, गृहमन्त्री शक्तिबस्नेतले राजेन्द्र महतो घटनाक्रमको भिडियोमा शंका गर्दै जाल–झेल भनेका छन् । विभिन्न थरी विषयले नागरिक भ्रममा छन् । राज्यले मार्नै खोजेको हो त ?
 
हो, राज्यले मार्न खोजेकै हो 
भेट्नलाई पर्यटनमन्त्री आनन्द पोखरेल आउनु भा थ्यो । राज्यले अन्य कुनै क्रिया प्रतिक्रिया जनाएको छैन । राजेन्द्र महतोलाई राज्यले मार्न खोजेको हो । प्रहरीले पिट्दा स्वविवेकले पिट्ने हो र ? अन्दाधुन्द कुटिएको छ । मार्ने नियतले नियोजित रुपमा प्रहार भएको छ । सद्भावना पार्टीका महामन्त्री मनीष कुमार सुमनले हाम्रा कुरालाई सुनाउँदै गए । ‘गृहमन्त्रीले भिडियो शंकास्पद कसरी भने, त्यसो भनेका हुन् भने उनको आँखा खराब भएको होला’–सुमनले भने । जसलाई शंका लाग्छ, राम्ररी भिडियो हेर्नुस् । जे छ भिडियो मै छ । सुमनले भनेका छन्,‘दमन गर्ने सरकारले उपचारको लागि के सोच्न सक्थ्यो ।’ व्यंग्य गर्दै सुमनले राजेन्द्र महतोलाई पैंसा चाहिँदैन, पार्टीले खर्च व्यहोरीहाल्छ के भो र ?–भने । 
 
सुमनले तपाईले लामै कुरा गर्नु भो, केका लागि लेख्दै हुनुहुन्छ भन्दै प्रतिप्रश्न समेत गरे । सरकारले राजेन्द्र महतोको उपचार गर्ने कुरा निकै भिन्न कुरा हो । हाम्रा २ हजार बढी नेता कार्यकर्ता घाइते छन् । ५४ जनाको मृत्यु भएको छ ।  सुमनले थपे,–‘घाइतेको उपचार र ५४ जना मृतकका परिवारलाई सहयोग गर्न चाँसो नदेखाउने सरकारको के कुरा गर्नु हुन्छ ? ।’ यद्यपि, आन्दोलनमा मृत्यु हुनेका परिवारलाई  ५० लाख दिने घोषणा मोर्चाका नेताहरुले गरेका थिए ।  
 
अनुरोध आएकै छैन
म पोखरामा छु । कार्यक्रममा । अस्पष्ट (आधा आवाज काटिएको) टेलिफोन कुराकानीमा स्वास्थ्य मन्त्री रामजनम चौधरीले हाम्रा कुरासंग भने,‘राजेन्द्र महतो जीको पार्टी तथा आफन्तहरुबाट अनुरोध आएकै छैन, अनुरोध आए सरकारले केही गर्न सक्छ ।’ धरानमा उपचार हुँदा आफुले टेलिफोन गरेर उपचारका लागि भनेको...... सम्म सुनिएको टेलिफोन विच्छेद भयो । पछि एक पटक फोन नउठाएका मन्त्री चौधरीले दोस्रो फोन व्यस्त पारिदिए । 
 
मिडियामा आएको समाचारबाहेक हामीलाई कुनै जानकारी छैन 
स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले मिडियामा आएको समाचारबाहेक राजेन्द्र महतोको स्वास्थ्य अवस्था र उपचारबारे कुनै जानकारी आफुहरु कहाँ नआएको बताए । श्रेष्ठले भने,‘हामी कहाँ कुनै जानकारी छैन, हामीले पनि कुनै प्रक्रिया अपनाएका छैनौं ।’ नागरिकलाई सूचना दिने कुरा भने सम्बन्धित मन्त्रालयले गर्नु पर्ने हो । तर, विभिन्न राजनीतिक दलका नेताहरुको उपचारका लागि सरकारले दामासायी रुपमा खर्च गर्दै आएको छ । 
 
मन्त्री ज्यू बाहिर हुनुहुन्छ, बाहिर गएकोेबारे पार्टी कार्यालयमै सोध्नुस् 
नागरिकलाई सूचना दिने विषयमा कुरा गर्न सरकारको प्रवक्ताको जिम्मेवारी पाएका सुचना तथा प्रविधिमन्त्री शेरधन राईलाई सम्पर्क गर्दा मन्त्रालयका कर्मचारीले बाहिर गएको बताए । तर, ती कर्मचारीले काँ जानु भएको हो भन्नेबारे भने पार्टी कार्यालयमै सोध्नुस् –भने । मन्त्रालयको काममा गएको भए भन्न सकिन्थ्यो पार्टीको काममा जानु भएकोबारे हामीलाई थाह छैन । मन्त्री नभएपछि उप–सचिव कृष्ण पोखरेल समेत भेटिएनन् । निमित्त सचिव कविराज खनाल बैठकमा व्यस्त रहेका कारण कुरा हुन सकेन ।  
 
महतोलाई भेट्न पर्यटनमन्त्री किन ? 
सद्भावनाका महामन्त्री सुमनका अनुसार राजेन्द्र महतोलाई भेट्न पर्यटन मन्त्री आनन्द पोखरेल पुगे । यद्यपि, उनी व्यक्तिगत कि सरकारका तर्फबाट भन्ने पत्तो नपाएको सद्भावना नेता बताउँछन् । राजनीतिक दलको कुनै नेता सामान्य विरामी हुँदा भेट्नेको लर्को लाग्दै आएकामा महतोलाई आन्दोलनकारी भएकैले राज्य अथवा दलका नेताहरु भेट्न नआएको मधेसवादी नेताहरुको ठहर छ । सरकाले सम्बिन्धित मन्त्रालय अर्थात व्यक्तिलाई भन्नु पर्नेमा विषय सन्दर्भ नमिल्ने पर्यटन मन्त्रीलाई पठाउनु हास्यास्पद भएको बताइएको छ ।      
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ