arrow

बाजुरामा निर्वाचन परिणाम आउन थाल्यो, नगरपालिकामा कांग्रेसले खाता खोल्यो 

logo
दयाराम पण्डित ।
प्रकाशित २०७४ असार १६ शुक्रबार
bajura-district.png

बाजुरा । बाजुरा सात स्थानीय तहको मतगणनाको प्रारारम्भिक नतिजा अनुसारः नेपाली काँग्रेसले ४ तहमा अग्रता लिएको छ । एकमा एमाले अग्र स्थानमा रहेको छ ।  बाजुराको बडिमालिका नगरपालिका ५ वडाको मत  परिणाम अनुसार नेपाली कांग्रेसका मेयर उपमेयरको अग्रता कायमै देखिएको छ ।  कांग्रेसका मेयर पदका उम्मेदवार पदम वडुवालले १२ सय ३८ मत प्राप्त गरेका छन् भने उपमेयर कविता विष्टले १२ सय २३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमालेका मेयर पदका उम्मेदवार गगन रावलले ११ सय ६५ उपमेयर गिता रावलले ११ सय ८४ मत प्राप्त गरेकी छन् । 

बुढिनन्दा नगरपालिकको वडा नं १ मा नेपाली काँग्रेसका नृप खत्रीको सिंगो टिम वडा नं.१ मा विजयी भएको छ । वडा नं.१ जो वडा नं. १ र २ एमालेको किल्ला भनिन्थ्यो त्यो वडावाट कांग्रेसका मेयर पदका उम्मेदावार पदम गिरीले ६ सय ९३ उपमेयर रिता देवी सिंहले ५ सय ५२ मत पाएकी छन् वडा अध्यक्ष नृप गिरीले ४१० मत पाएर विजयी भएका छन् भने उहाँका प्रतिदन्द्धीले ३५२ मत पाएका छन् ।  एमालेको तर्फबाट मेयरका उम्मेदवार जनक बोहराले ५ सय ६० मत र एमालेबाट  उपमेयरकी उम्मेदवार  शृष्टी रेग्मीले ६ सय ९७ मत पाएकी छन् । माओवादी केन्द्रका तर्फवाट मेयर पदका उम्मेदवार भरत बि.क.ले ६४ र रामकला ल्वारले उपमेयरले ६२ मत र नयाँ शतिmले ४ मत पाएको छ । 

उता छेडेदह गाउँपालिका वडा नं १ मा एमाले र २ मा कांग्रेसको अग्रता छ । अध्यक्षमा कांग्रेसका नरबहादुर रावतले १५ सय ८ र उपाध्यक्ष कुन्ता वुढाले १४ सय ८६ मत पाएकी छन् । एमालेका  अध्यक्ष पदका उम्मेदवार लालवहादुर ओलीले १४ सय ८७ मत र उपाध्यक्ष पवित्रा शाहीले १४ सय ७८ मत पाएकी छन् । माओवादीका दिपक डिसीले ३ सय ५१ मत र उपाध्यक्ष कम्पनी नेपालीले ३ सय ३१ मत पाउनुभएको छ । साविकको गुदुखाती  र डोगडी पनि कांग्रेसको आधार क्षेत्र मानिन्छ भने आटिचौरमा २०७० को निर्वाचनमा एमालेले अग्रता कायम गरेको थियो ।

यता गौमुल गाउँपालिका वडा नं १ मा एमाले जित हात पारेको छ भने वडा नं.६ को बसालामा वडा अध्यक्षको उम्मेदवारमा नेकपा एमालेका प्रकाश रोकायाले २ सय ८८ मतले विजयी भए । उनका प्रतिद्धन्दी गोरख रोकायाले २ सय ७९ मत ल्याए छ भने काँग्रेसका वडा सदस्य अनिता रोकायाले २ सय ८५ र एमालेका तिलक रोकाया,प्रेम बि.क.,पाटु बि.क. काँग्रेसका चक्र रोकाया,बिमला बि.क.हिरे बि.क. बीच चिठ्ठा सिष्टमबाट घोषणा गरिएको थियो । जसमा चक्र रोकायाले २ सय ८२ काँग्रेसकै दलित महिला वडा सदस्य बिमला बि.क.ले २ सय ८२ मतले विजयी भए । त्यस्तै एमालेका तर्फबाट वडा सदस्य प्रेम बि.क.ले २ सय ८२ विजयी भए । वडा नं. ५ मा पनि एमाले नै विजय भएको छ ।  गौमुलमा गाउँपालिमा एमालेकै बर्चश्व हुने देखिएको छ । 

यसैबीच बुढीगंगा नगरपालिकामा नेपाली काँग्रेसका मेयर पदमा उम्मेदवार दिपक बिक्रम शाहले २ सय ४६ उपमेयर तारा खाती थापाले २ सय ४७ मतले अग्रस्थानमा छन् भने नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार राम बहादुर बाँनियाले २ सय २१ उपमेयर माया कुँवरले २ सय २१ तम प्राप्त गरेका छन् भने काँग्रेस वडा नं. १ को उम्मेदवार राजेश बहादुर सिंहले २ सय ४३ मत पाएका छन् । एमालेको तर्फबाट राम बहादुर सिंहले २ सय २६ मत प्राप्त गरेको नवराज पाध्याले जानकारी दिए ।

त्रिबेणी नगरपालिकामा पनि नेपाली काँग्रेस अग्र स्थानमा रहेको छ । स्वामिकार्तिका गाउँपालिकामा पनि नेपाली काँग्रेस अग्र स्थानमा रहेको छ भने पाण्डवगुफा गाउँपालिकामा मतगणना भईरहेको छ ।

बडिमालिका नगरपालिका वडा नं.१ मा काँग्रेसको सिगों टिम विजयी 
बडिमालिका नगरपालिका वडा नं. १ को मतगणना सकिएको छ । मतपरिणाम अनुसार वडा नं.१ मा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार राम बहादुर कार्कीले अत्याधिक बहुमतले विजयी भए । उनका प्रतिद्धन्दी दिल बहादुर बि.क.लाई २ सय ८३ मतले पन्छ्याउदैँ कार्की विजयी भए । मतगणना अनुसार नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार पदम बडुवालले ५ सय ३७,उपमेयर कविता बिष्टले ५ सय ३७ ल्याउनुभएको छ भने नेकपा एमालेका मेयर पदका उम्मेदवार गगन रावलले २ सय ९३, उपमेयर गिता रावलले २ सय ९० ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।   

हेलिकप्टरवाट मतपत्र ओसारियो 
हिमाली गाउँपालिककाको बौडिबाट आउँदै गरेको मतपेटिका बीचवाटो बाट हेलिकप्टर प्रयोग गरी मतदान केन्द्र साविकको बांधुमा ओसारेको छ । पैदल दुुरीबाट समय लाग्ने र मतपेटिका असुरक्षित हुने हुदाँ हेलिकप्टर प्रयोग गरेको प्रहरी निरिक्षक शुद्धाम रावलले जानकारी दिए । हिमाली गाउँपालिकको पनि बेलुका ८ बजेबाट मतगणना सुरु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ