arrow

पुनर्वासमा काँग्रेसले खोल्यो खाता

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ असार २२ बिहिबार
congress-flag3.jpg

कञ्चनपुर ।  कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा नेपाली काँग्रेसले पुनर्वास नगरपालिका–८ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको हो । सात वडामा खाता नखुलेको  कांग्रेसले  वडा नम्बर  ८ बाट विजय यात्रा  सुरू गरेको  हो ।

काँग्रेसले पुनर्वास  ८  मा श्रवण रानाको प्यानलै निर्वाचित भएको हो । पुनर्वास निर्वाचन अधिकृतको कार्यालयका अनुसार रानाले एमालेका उम्मेदवार बुद्धिबहादुर कटुवाललाई ५७ मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भए । रानाले ६८८ र कटुवालले ६३१ मत ल्याएका थिए ।

गोमती सुनार, जानकी देवी अवस्थी, दल ब. धामी र अम्मर विष्ट निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ