arrow

संविधान कार्यान्वयनको ठोस आधार तयारः नेम्वाङ

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
sapath.JPG

इलाम । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय तहको निर्वाचनले संविधानको ठोस कार्यान्वयनका लागि आधार तयार गरेको बताएका छन् । 

इलाम नगरपालिकामा आयोजित नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको सपथ ग्रहण समारोहमा उनले तोकिएकै समयमा प्रदेश नं २ को पनि निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए । 

पूर्वसभामुखसमेत रहेका नेता नेम्वाङले संविधानले तोकेको समय सीमा भित्रै निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयन गर्नुपर्ने बताए । 

मुख्य निर्वाचन अधिकृत नवराज दाहालले इलाम नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्षलाई आज पद तथा गोपनीयताको सपथ गराए । 

सपथ ग्रहणपश्चात प्रमुख, उपप्रमुख तथा वडाध्यक्षले पदभारसमेत ग्रहण गरे । 

वडा सदस्यलाई नगर प्रमुख महेश बस्नेतले सपथ गराए । 

नवनिर्वाचित पदाधिकारीलाई इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले स्वागत गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ