arrow

देउवा भन्छन् – किसुनजीको प्रजातन्त्र स्थापनामा अतुलनीय योगदान

logo
प्रकाशित २०७४ असार २८ बुधबार
deuba-ganeshmanko-batoma.jpeg

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको बहुदलीय प्रजातन्त्र स्थापनामा पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई (किसुनजी) को योगदान अतुलनीय रहेको बताएका छन् । 

‘संसदीय अध्ययन तथा विकास संस्थापना’ले यहाँ आयोजना गरेको ‘कृष्णप्रसाद भट्टराई प्रवचनमाला’ कार्यक्रममा उनले प्रजातान्त्रिक आन्दोलनदेखि सत्याग्रहसम्ममा स्व भट्टराईको नेतृत्व सदैव सफल एवम् प्रेरणादायी रहेको चर्चा गरे । 

आजीवन प्रजातन्त्रको लडाईं लडेका पूर्व प्रधानमन्त्री भट्टराईको बारेमा अझै धेरै कुरा खोज अनुसन्धान गर्न बाँकी रहेको धारणा राख्दै प्रधानमन्त्री देउवाले त्यस सम्बन्धमा आयोजक संस्थालाई आवश्यक कार्य गर्न आग्रह गरे । 

कार्यक्रममा संस्थापनाका अध्यक्ष एव्म पूर्वसभामुख दमननाथ ढुङगानाले मुलुक र जनताका हितमा समर्पित नेतालाई सम्झने परम्परा बसाल्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै स्व भट्टराईले राजनीति र नैतिकतालाई संँगसँगै लगेर उदाहरणीय काम गरेको स्मरण गरे । 

कार्यक्रममा पूर्वमन्त्री योगप्रसाद उपाध्याय, संस्थापनाका उपाध्यक्ष एवम् पूर्वमन्त्री भक्तबहादुर बलायर, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतले स्व भट्टराई एक नैतिक र आदर्शवान नेता भएको विचार व्यक्त गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनले दिएको योगदानका बारेमा चर्चा गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ