arrow

सत्तारुढ दलका कारण राजपा धरापमा : सचिव ज्ञवाली

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
Pradip-gywali-news.jpeg

भक्तपुर। नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न २ नंम्बर प्रदेशको निर्वाचनमा आफनो भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा रणनीतिगत रुपमा ल्याउन नखोजेको आरोप लगाएका छन् ।
 
रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले नेकपा एमाले भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भएपनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको बताए । उनले स्थानीय तहको निर्वाचनको स्मरण गर्दै भरतपुर घटनाका दोषी सरकारले कार्वाही गर्न नसकेको आरोप लगाए । 'यस घटनामा अदालत समेत कहि कतैबाट प्रभावीत भैरहेको छ '।
 
ज्ञवालीले सत्तारुढ दलकै कारण समयमै मन्त्रीमण्डल विस्तार हुन नसकेको भन्दै यो सरकारको कुनै औचित्य नभएको बताए । उनले एमाले संविधान संशोधन विरोध नभएको प्रष्ट पार्दै सचिव ज्ञवालीले सत्तारुढ दल एमालेसँगको सल्लाह बिनै मनोमानी रुपमा अघि बढेको बताए ।
 
तोकिएकै समयमा प्रदेश नं २ र अन्य दुई तहको निर्वाचन हुनुपर्ने भन्दै उनले यी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्तिका रुपमा उदाउने दाबी गरे। निर्वाचन किस्ताबन्दीमा नभई प्रदेश र संसदको निर्वाचन एउटै समयमा गर्नुपर्ने भन्दै उनले यसका लागी एमाले तयार भएको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ