arrow

प्रधानमन्त्री देउवाको भारत भ्रमण भदौ दोस्रो साता

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
deuba-new.jpeg

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमण आउने भएका छन् । भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको भारतीय स्रोतले जनाएको छ।

भ्रमणका बाँकी तालिका तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ। प्रधानमन्त्री देउवा भ्रमणको लागि कुन दिन आउने त्यसबारे निधो भएको छैन, श्रोतले जानकारी दिएको छ । 

भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय र विदेश मन्त्रालयबीच मंगलबार भएको छलफलपछि यो मिति तय भएको हो। 

श्रोतका अनुसार भारतीय पक्षले नै अनुकुलता अनुरुप अगस्त ८ को मितिबारे प्रस्ताव गरेको थियो। प्रधानमन्त्रीको रुपमा देउवाले यो तेश्रो भारत भ्रमण हुनेछ ।

प्रधानमन्त्रीको आसन्न भ्रमणमा विगत केही समयदेखि गृहकार्य भइरहेको सानातिना चार पाँच वटा विषयगत सम्झौता हुने सम्भावना रहेको दूतावास श्रोतले जनाएको छ। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ