arrow

ऊर्जामन्त्री शाहीले भने –अब लोडसेडिङ हुँदैन

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
mahendra_shahi.jpg

काठमाडौँ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले जनताले अब विद्युत्भार कटौतीको समस्या सामना गर्नुनपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री शाहीले ट्रान्समिसन लाइन मर्मतलगायत अन्य मर्मतको काम गर्दा केही समय विद्युत्भार कटौती भए पनि अन्य समयमा नागरिकले नियमित विद्युत् प्रयोग गर्न सक्ने जिकिर गरे ।

मन्त्री शाहीले विद्युत् व्यवस्थापन गर्नका लागि कम शक्ति भएको बल्ब र फ्यानको प्रयोग गर्न सबैलाई अनुरोध गरे । “पूँजीपति वर्गसँग रहेको रकमलाई उपयोग गरी विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिइनेछ”, अर्को प्रसंगमा उनले भने, “राष्ट्रिय लगानीले मात्रै जलविद्युत् उत्पादनको पूर्ति नहुने भएकाले आवश्यकताअनुसार विदेशी लगानी भित्र्याइने छ ।”

उनले जनताले एक हप्ताभित्रै विद्युत् महसुल कारोबार अनलाइन प्रणालीमार्फत गर्न पाउने समेत जानकारी दिए । बूढीगण्डकी परियोजना निर्माण कम्पनीलाई समयमा नै काम सक्न निर्देशन दिँदै उनले तोकिएको समयमा काम नभए सम्झौता रद्द गर्ने चेतावनीसमेत दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ