arrow

डा स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
swornim-wagle.jpg

काठमााडौं । डा स्वर्णिम वाग्ले राष्ट्रिय राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् । 

मन्त्रिपरिषदको बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकले वाग्लेलाई उपाध्यक्षमा नियुक्त गरेको हो । 

नेपाली काँग्रेसको सिफारिसमा दुई पटकसम्म राष्ट्रिय योजना आयोगकै सदस्य भएका थिए । 

निवर्तमान उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले मंगलबार राजीनामा दिएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले वाग्लेलाई उपाध्यक्षमा नियुक्त गरेको हो । 

वाग्लेसंग विश्व बैंकको मुख्यालय वासिङटन डीसीमा वरिष्ठ अर्थशास्त्रीको हैसियतमा लामो समयसम्म काम गरेको अनुभव छ । 

वाग्लेले अष्ट्रेलियाको नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका थिए । उनले अन्तर्राष्ट्रिय विकासमा एमपीए गरेका थिए । 

बेलायतको लन्डन स्कुल अफ  इकोनोमिक्सबाट अर्थशास्त्रमा बीएससी गरेका उनी सन् १९७४ मा गोर्खामा जन्मेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ