arrow

कालो धनलाई सेतो बनाउने मुलुक नेपाल : नेता गुरुङ्

भष्ट्रचार निरुत्सायीत नभए मुलुक बन्दैन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ साउन २१ शनिबार
dhananjaya_at_syanja.jpg

स्याङ्जा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ्ले कालो धनलाई सेतो धन बनाउने ट्रान्जिट प्वाइन्ट नेपाल बनेको बताएका छन् । नेपाल प्रेस युनियन स्याङ्जाद्धारा आयोजित रजत बर्ष पिन वितरण तथा सम्मान कार्यक्रममा वोल्दै काँग्रेसका नेता गुरुङ्ले बाहिरी मुलुकबाट खरबौ कालो धनलाई सेतो बनाएर लैजाने देशका रुपमा नेपाल चिनिदै जानु दुःखद भएको दावी गरे । भष्ट्रचारले जेलिएको मुलुक विकासका रुपमा पछाडी परेको बताउदै व्यवस्थापीका सांसद समेत रहेका गुरुङ्ले पत्रकार, राजनीतिकदल, कर्मचारी सबै मिलेर भष्ट्रचार निर्मुल पार्नुपर्ने बताए ।

भष्ट्रचार मौलायो भने यो मुलुक कहिल्यै माथी उठ्न सक्दैन काँग्रेस नेता गुरुङ्ले भने,“परिवर्तनका नाममा भष्ट्रचार मौलाउनु मुलुकका लागि घातक हुनेछ ।”कालो सुचीमा परेको गेजुवा कम्पनीलाई बुढीगण्डकी जलविद्युत निर्माणमा सम्झौता गर्नु पनि भष्ट्रचार हो यो त उदाहरण मात्रै हो गुरुङ्ले भने । मुलुकमा धेरै परिवर्तन भए तर भष्ट्रचार दिनानुदिन मौलाएको प्रति इकित गर्दै नेता गुरुङ्ले नक्कली विलभरपाई बनाएर भष्ट्रचार गर्नु जनताको पसिनामाथी खेलवाड गर्नु हो उनले भने । अव नेताका भाषण भन्दा पनि भष्ट्रचारीका समाचार लेखनमा ध्यान दिन संचारकर्मीलाई गुरुङ्ले आग्रह गरे ।

पछिल्लो समय नेपाली मिडियाहरुमा भष्ट्रचारका समाचार आउनु सुखद भएको भन्दै पत्रकारले लेखेका समाचारलाई सरकारले ध्यानाकर्षण गर्नुपर्ने औल्याए । लामो समय मुलुकमा भएको भष्ट्रचार सम्वन्धी विषयमा वोलेका गुरुङ्ले सबै मिलेमा भष्ट्रचार नियन्त्रण हुने दावी गरे । अव पनि भष्ट्रचारलाई रोक्न सकेनौ भने हामीले सोचेको मुलुक बन्ने छैन नेता गुरुङ्ले भने,“खुलेआम भएका भष्ट्रचारका बारेमा प्रतिपक्ष पनि नवोल्नुले आशंका पैदा भएको छ ।” अन्तराष्ट्रिय रुपमा पनि मुलुक भष्ट्रचारको चंगुलमा फसेको देख्दा नेपाल र नेपालीको लागि दुर्भाग्य भएको उनले भने ।

रजतबर्षको अवसर पारेर नेपाल प्रेस युनियनले पिनको लन्चिङ् गरेको थियो । प्रेस युनियनका गण्डकी अंचल टंक अधिकारीको नेतृत्वमा निर्माण गरिएको पिनले युनियनको पहिचानको कायम गरेको छ । यो पहिचानका लागि पिन निर्माण गरेको भन्दै अधिकारीलाई स्याङ्जा शाखाले सम्मान समेत गरेको छ । नेपाली काँग्रेसका युवा नेता समेत रहेका गुरुङ्ले अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ का सभापति अर्जुनप्रकाश अर्याल, नेपाल शिक्षक संघ स्याङ्जाका लक्ष्मीप्रसाद रेग्मी, ट्रेड युनियन काँग्रेसका अध्यक्ष धु्रवशर्मा  पंगेनी, नेपाली काँग्रेस पुर्व क्षेत्रीय सभापति तथा वडा अध्यक्ष केदार काफ्ले, नेपाली काँग्रेस वालिङ नगरका कार्यबहाक नगर सभापति भीमलाल सुवेदी लगायतका बक्ताहरुले मुलुकको निर्माणका लागि पत्रकारहरुको महत्वपूर्ण भुमिका हुने बताएका थिए । प्रेस युनियन स्याङ्जा शाखाका अध्यक्ष श्रीकृष्ण सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव तोलाकान्त वगाले र स्वागत केन्द्रिय पार्षद राधाकृष्ण डुम्रेले गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ