arrow

मेलम्ची आयोजना बनाउने कम्पनीलाई गम्भीर आरोप, काम ठप्प पार्ने चेतावनी

‘मेलम्चीमा गुणस्तरहिन काम’, विद्यार्थीको हस्ताक्षरमा पास

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
melamchi.jpeg

काठमाडौं । नेपाली व्यवसायी संघर्ष समितिले मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको इटालीयन कम्पनी सीएमसीले कानुन जमोजिम काम नगरेको भन्दै सरकारसामु ३ बुँदे माग अघि सारेको छ ।

संघर्ष समितिले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर सम्पूर्ण संलग्न सूची बमोजिमका नेपाली फर्महरुको क्षतिपूर्तिसहितको पैसा भुक्तानी गर्नुपर्ने, मेगाटेक सम्झौता लगायतको सम्पूर्ण सामाग्री सम्झौता बमोजिम सीएमसीले मर्मत संभार गरी तत्काल फिर्ता गर्नुपर्ने र सुरुङ निर्माणमा प्रयोग गरिने विषाधि खोलामा डिस्पोज गर्ने कार्य बन्द गरिनुपर्ने लगायतका माँग अघि सारेको हो ।

समिति संयोजक विश्वराज गुरुङ्ले ईटालियन कम्पनी सीएमसीले कानूनको धज्जी उडाईरहेको आरोप लगाए । उनले भने,‘नेपालको कानुन भन्दा माथि बसेर अनौठो हर्कत देखाईरहेको छ, यस्तो स्थितिमा हामी नेपालीहरु किन मुखदर्शक भएका छौ ? हामीले चालेका कदमहरुमा हाम्रै सुरक्षाकर्मीले हामीमाथि किन ज्यादती गर्छन् ? तत्काल हाम्रा मागहरु पूरा नगरिए मेलम्ची खानेपानी निमार्णको काम अबरुद्ध पार्छौँ ।’

त्यस्तै संघर्ष समितिका सदस्य एवम् ईन्जिनियर श्रीराम न्यौपानेले स्थानीय माँगहरु राष्ट्रियतासँग जोडिएकाले सबैले सचेत हुनुपर्नेमा जोडदिए । उनले भने, ‘हाम्रा मागहरु हाम्रो स्वार्थ पुर्तिको लागि होईनन, हाम्रो मुलुकको भविष्यसँग जोडिएका विषय वस्तुसँग जोडिएका छन्, भुक्तानी पाएका छैनौ, नेपाली व्यवसायीहरुले किनेर निमार्णमा प्रयोग गरेका मेसिन काम नलाग्ने बनाईसकेका छन्, सामाजिक वातावरणलाई धुमिल बनाउने काम भईरहेको छ, यस्तो स्थितिमा हामी चुप लागेर बसेका छांै ।’

उनले अघि थपे,‘हाम्रो चिन्ता भनेको मेलम्ची खानेपानीको कारण भोलिका सन्ततिले दुःख नपाउन, कुनैपनि हालतमा सुद्धपानि राजधानी वासिले उपभोग गर्न पाउन, खानेपानीको सुरुङ गुणस्तरयुक्त होस्, तर हाम्रो सरकार भविष्यमा आउने खतराको बारेमा मौन छ, आजै सुरुमा पानी चुहिरहेको छ, कतै सेतो पानी, कतै कालो पानी यस्तो स्थितिमा भोलि विहान पानि खाएकै न्यूहुमा कोही मरेको अण्डमा त्यसको जिम्मेवार को हुन्छ ? त्यसैले विहिबारसम्म कुनै पनि हालतमा हाम्रा माग पुरा गर्नुपर्छ यदि गरिदैन र आलटाल गरिन्छ भने यो कम्पनीको दादागिरी र गुणस्तरहिन सुरुङ निमार्णको काम अवरोध गर्न बाध्य हुनेछौँ ।’

उनले फरक प्रसँगमा मेलम्ची खानेपानीको निर्माणमा अभ्यास गर्ने विद्यार्थीको हस्ताक्षरले निमार्णको गुणस्तर नापेको बताए ।
उनले भने, ‘यस्तो गुणस्तरको लागि अभ्यास गर्नको लागि खटिएका ईन्जिनियरले सही छाप गरेको निर्माणको कसरी हामीले भर गर्ने ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ