arrow

अबिरल बर्षाका कारण पाँचथरको जनजीवन प्रभाबित

बेपत्ता परिवारको खोजी जारी

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ साउन २९ आइतबार
panchtarbadi.jpg

पाँचथर । अबिरल बर्षातका कारण पाँचथर जिल्लाको जनजिबन प्रभाबित भएको छ । बाढी पहिरोका कारण तीन दिनदेखि बेपत्ता भएका पाँचथर जिल्ला फालेलुङ–३ का एक  परिवारको  खोजी जारी रहेको भएतापनि हालसम्म उनीहरुलाई भेट्न सकिएको छैन् । थप पहिरो गएकाले सोही गाउँपालिकाका ५० घर परिवार बिस्थापित भएका छन् । गाउँमा धमाधम पहिरो गएर घरहरु पुर्न थालेपछि  आसपासका घरहरु पहिरोको जोखिममा परेका कारण उनीहरुलाई  त्यहाबाट सुरक्षीत स्थानमा सारिएको स्थानीय   स्थानिय सुरेन्द्र अधिकारीले बताउनुभएको छ । बाढी र पहिरोले दर्जनौ चौपाय मरेका छन् ।

 सोही वडाको खोलाघारीमा मात्र ४० घर परिवार बिस्थापित भएको प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले बताए । बाढी पहिरोबाट बिस्थापितहरुलाई आवश्यक  खाध्यन्न सहितका राहत सामाग्री पुर्‍याउन समस्या भएकोले हेलिकप्टर झिकाउने पहल भइरहेको फिदिमस्थित नेपाली सेनाको भरबी दल गणका गणपति शिवराम पन्तले बताए  । यसैबीच जिल्लाका बिभिन्न स्थानमा खेती योग्य जमिन खोलामा आएको बाढीले बगाउदा किसानहरु चिन्तित भएका छन् । स्थानीय हेवाखोलामा आएको बाढीले ३० रोपनी धानखेत कटान गरेको छ ।

 यसैबीच मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डको गुराँसे भन्ने स्थानमा गएराती सडकमा पहिरो गएपछि सो सडकमा यातायात अबरुद्ध भएको र सो पहिरो पन्छाउन स्काभेटर लगिएको जनाइएको छ । बाढी पहिरोका कारण जिल्ला सदरमुकाम फिदिममा दुई  दिनदेखि बिधुत, सञ्चारसमेत बन्द रहेको छ । हालसम्म पनि निरन्तर बर्षात भइरहेको छ ।

 बर्षाका कारण पहिरोसहितको बाढी आउदाँ निवाखोला लघु जलबिधुत गृहका अफरेटर बिष्णुभक्त राईसहित एकै परिवारका तीन जना शुक्रबारदेखि बेपत्ता भएका थिए । निवाखोलामा आएको बाढीसहितको पहिरोमा बेपत्ता भएका उनीहरुलाई हालसम्म खोजी राखिएको छ । नेपाली सेना, नेपाल  प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेको  भएतापनि आइतबार दिउँसो सम्म पनि बेपत्ता भएकाहरुलाई भट्न  नसकिएको नेपाली सेनाको फिदिमस्थित  भैरबी दल गणले  जनाएको छ ।

पहिरोमा बेपत्ता भएकाको खोजी गर्दा तीन वटा नागरिकतासहितका सामान फेला परेको भएतापनि बेपत्ता परिवार फेला पार्न नसकिएको हो । सो पहिरोमा बिष्णु भक्त राईकी १३ बर्षीय छोरी  गंगा राई   र १२ बर्षीय नातिनी प्रिया राई   बेपत्ता भएका हुन । सोही पहिरोमा परी बिष्णुभक्त राईकी श्रीमती सरिता राई घाइते भएकोले उनलाई उपचारको लागि जिल्ला सदरमुकाम फिदिमतर्फ ल्याइएको छ   ।पहिरोमा परी सोही गाउँपालिका वडा नं ३ का अन्य तीन वटा लघु जलबिधत आयोजनामा क्षति भएकोले सो गाउँ हाल अन्धकार भएको    पहिरोमा परि शुक्रबार  फालेलुङ गाउँपालिका वडा नं १ मेमेङमा पहिरोले घर पुरिदा स्थानीय ८३ बर्षीय तिलोचन बिकको मृत्यु भएको थियो । पहिरोमा बेपत्ता भएका र मृत्यु भएकाहरुलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला दैबी प्रकोप उद्धार समितिको सहयोगमा नगद राहत, पालसहितका सामाग्री बितरण गरेको जिल्ला प्रशासन कार्यलय पाँचथरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ