arrow

यातायातमन्त्री बाढी पीडित क्षेत्रमा

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
birbahadur_balayar.jpg

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर नेतृत्वको टोली बाढीग्रस्त जिल्लाको स्थलगत निरीक्षणमा निस्किएको छ । लगातारको वर्षाका कारण देशका विभिन्न स्थान बाढीग्रस्त भएका छन् ।

मन्त्री बलायर नेतृत्वको टाली बाढी पीडित बस्ती, सडक र पुलको निरीक्षण तथा विपतकालिन परिस्थितिको अवलोकनका लागि वुधबार दिउँसो राजधानी बाहिर निस्किएको हो ।

मन्त्री बलयारसँगै मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक सहित संलग्न छन् । टोलीले चार दिन विभिन्न ठाउँको अवलोकन गर्नेछ । वुधबार हेटौंडा पुगेको टोली विहिबार अन्यजिल्ला प्रस्थान गर्ने बलयारका प्रेस सहयोगी रमेश जोशीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ