arrow

जनकपुरका बाढी पीडितलाई प्रचण्डको हातबाट राहत

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
prachnd_a.jpg

धनुषा । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनकपुरका बाढी पीडितलाई राहत वितरण गरेका छन् । अध्यक्ष दाहालले जनकपुर उपमहानगरपालिका–१८ भोयलका दुई सय बाढी पीडित परिवारलाई राहत सामग्री वितरण गरेका हुन् ।

विहीबार नेता मातृका यादवसँगै जनकपुर पुगेका अध्यक्ष दाहालले दुई सय बाढी पीडितलाई चामल, दाल, तेल, नुन, चिनी, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री वितरण गरे ।

राहत वितरण गर्दै अध्यक्ष दाहालले नेपालीलाई दुख्दा जहिले पनि सिङ्गो देश एक ढिक्का भएको बताए । उनले बाढी पीडितको दुःखमा साथ दिन आफू जनकपुर आएको बताए । दाहालले भने, ‘हिजो पहाडमा भूकम्प आउँदा तराई मधेशले दिल खोलेर सहयोग गरेको थियो । अहिले मधेशमा बाढी आएको छ, मधेश दुखेको छ ।’

दाहालले थपे,  ‘यतिबेला  पहाड तपाईहरुलाई दिल खोलेर सहयोग गर्न आतुर छन् । अहिले सिङ्गो देश तपाईहरुको पीडाको साथमा छ । सरकार र पार्टीको तर्फबाट तपाईहरुको दुःखमा मल्हम लगाउन हरदम तयार छ । राहत र पुनःस्थापनाका सत्ता पक्ष, प्रतिपक्ष नभनि काम गर्न सबै पार्टीलाई आब्हान गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ