arrow

तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुनेमा प्रमुख निर्वाचन आयुक्तको विश्वास

logo
प्रकाशित २०७४ भदौ ४ आइतबार
ayodhi-yadab-new-s.jpeg

धनुषा । प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले तेस्रो चरणको निर्वाचनमा मधेश केन्द्रित दलसँग रहेका छ चुनाव चिन्हमध्ये कुनै एक लिई राष्ट्रिय जनता पार्टी नेपाल २ नं प्रदेशमा हुन लागेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् । 

जनकपुरमा आइतबार जिल्ला निर्वाचन कार्यालय धनुषाले गरेको पत्रकार सम्मेलनमा डा यादवले राजनीतिक सहमतिअनुसार आगामी असोज २ गते तेस्रो चरणको स्थानीय निर्वाचनमा राजपा सहभागी हुने जिकिर गरे । 
आगामी मंसिर ४ गते हिमाली र उच्च पहाडी ३१ जिल्लामा निर्वाचन गराउन सरकारसँग छलफल भइरहेको जानकारी पनि उनले दिएका छन् । 

उनले २ नं प्रदेशमा १३६ निर्वाचन अधिकृतसहित अधिकृत, मुख्य निर्वाचन अधिकृत खटाइएको जानकारी गराउँदै सो प्रदेशमा आएको बाढीका कारण तराई मधेशका जिल्लाको बाटोघाटो अवस्था बिग्रेकाले बाटोको सहज पहुँच दिलाउन सरकारलाई आग्रह गरिसकिएको जानकारी दिए । 

डा यादवले भने, “ निर्वाचनमा भनसुन तथा लेनदेनको आधारमा हुँदै आएको कर्मचारी नियुक्ति, बालबालिकाको प्रयोगलगायतका विषयमा तेस्रो चरणको निर्वाचनम सूक्ष्म अनुगमन कमिटीले अनुसन्धान र कारबाही गर्नेछ ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ