arrow

काँग्रेसले संविधान संशोधन विधेयक फेरि ल्याउने

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
Congres-FNL.jpg1.jpeg

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले संविधान संशोधन विधेयक फेरी संसदमा पेश गर्ने प्रतिक्रिया दिएको छ । काँग्रेस नेता प्रकाशशरण महतले विधेयक अहिले अस्वीकृत भएपनि पछि यसलाई फेरी संसदमा ल्याएर पारित गराउने प्रतिक्रिया दिएका हुन् ।
संविधान संशोधन विधेयक अस्वीकृत भएपछि संसद भवनबाट बाहिरिने क्रममा  प्रतिक्रिया दिँदै उनले विधेयकमा रहेको अन्तरभावनालाई सम्बोधन गरेर आफनो पार्टी हिमाल, पहाड र तराईलाई एकतावद्ध बनाएर लैजाने पक्षमा रहेको सुनाए । नेता महतले एमाले सहितका विपक्षी दलले मुलुकमा विभाजन ल्याउने षडयन्त्र गरिरहेको आरोप लगाए ।


तर, संघीय समाजवादी फोरम, नेपालले सत्तारुढ काँग्रेसले आफ्नो स्वार्थसिद्धिका लागि संविधान संशोधन दोस्रो विधेयक फेल गराएको आरोप लगाएको छ । फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले सत्तारुढ काँग्रेस आफैले आफ्नो स्वार्थसिद्धिका लागि विधेयक प्रक्रियामा लगेर फेल गराएको प्रतिक्रिया दिए ।


विधेयक अस्वीकृत भएलगत्तै संचारकर्मीहरुमाझ उनले विधेयक फेल भएपनि मधेशका जनताले आफनो माग नछाडने जिकिर थरे । उनले प्रदेश नम्बर २ को निर्वाचन पछि मधेशको माग झनै जोडदार ढंगले अघि बढ्ने पनि बताए । प्रमुख सचेतक यादवले तीन ठूला दल मधेशको समस्या समाधान गर्न गम्भिर नभएको आरोप पनि लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ