arrow

जहाज ‘हेर्न र लिन’ जाने निहुँमा वायुसेवा निगमका २० कर्मचारी सिंगापुरमा

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
nepal-airlines.png

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज ‘हेर्न र लिन’ जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ ।

‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंशकारले ती कर्मचारीको भ्रमण बिदा स्विकृत गरेका हुन् ।

तीमध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा जति उतै घुमिरहेका छन् । सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसाकारले भ्रमण विदा स्वीकृत गरेका हुन् ।

निगक उच्च स्रोतका अनुसार इन्जिनियरिङ, क्वालिटी एस्योरेन्स र एयर बर्दिनेस विभागका निर्देशक र त्यसमुनिका अधिकृतसहित अन्य कर्मचारी एवं मुलुकको उड्यन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तहका दुई गरी २० जना सिंगापुर घुम्नेमा दरिएका हुन् । तीमध्ये १८ जना निगमका कर्मचारी हुन् ।

‘महाप्रबन्धक कंसाकारले स्वीकृति दिएपछि उनीहरुको सिंगापुर जाने बाटो खुलेको हो र यसका व्यवस्थापनले २० लाख रुपैंयाँ खर्च गरेको छ,’ स्रोतले भन्यो । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ