arrow

सञ्चारमन्त्री बस्नेतद्वारा छड्के निरीक्षण, प्रमुख सहितका कर्मचारी कार्यलयमा अनुपस्थित

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
Mohan_bashnet.JPG

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइतबार गोरखापत्र संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणकण केन्द्रीय कार्यालयको  छड्के निरीक्षण गरेका छन्  । 

छड्के निरीक्षणका क्रममा मन्त्री बस्नेत १०ः२० गोरखापत्र संस्थानको कार्यालय पुग्दा संस्थानका अध्यक्ष र निमित्त महाप्रबन्धक  कार्यालय उपस्थित भएका थिएनन् । मन्त्री बस्नेतले आवश्यक कारबाहीका लागि भन्दै संस्थानका सबै हाजिरी पुस्तिका आफूसँग मन्त्रालय लिएर  गएका छन्

आजै मन्त्री बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणको कमलादीस्थित कार्यालयको पनि छड्के निरीक्षण गरेका  । मन्त्री बस्नेत बिहान १०ः४५ बजे प्राधिकरणको कार्यालय पुग्दा अध्यक्ष  सहित ४३ जना कर्मचारी १५ जना कर्मचारी कार्यालयमा अनुपस्थित थिए ।


मन्त्री बस्नेतले कर्मचारी कार्यालयमा आइसक्नुपर्ने समयभित्र पनि सबै कर्मचारी आइनपुगेको पछि प्राधिकरण कार्यालयको विद्युतीय हाजिरी मेसिनमा टेप टाँसेर तत्काल हाजिरी रोक्न निर्देशन दिएका छन् । त्यहाँको हाजिरी विवरण पनि उनले आफूसँगै लिएर गएका छन् । छड्के निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले आफूले मातहतका कार्यालयमा कर्मचारी समयमा नआउने र जनताका काममा ढिलासुस्ती हुने गरेको गुनासाका आधारमा सत्यतथ्य पत्ता लगाउन निरीक्षणमा निक्लेको जानकारी दिए । 

समयमा कार्यालय नआउने र काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कानुनी व्यवस्थाअनुसार आवश्यक कारबाही गर्ने बताएका छन्। मातहतका कार्यालयमा कार्यरत जनशक्तिलाई भविष्यमा राम्रो नतिजा निकाल्ने गरी कार्यसम्पादन गर्न लगाउने उद्देश्यले निरीक्षण थालिएको उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ