arrow

शिक्षण अस्पतालको शौचालय प्रयोगमै बिरामी ठगिन्छन्, अरु कुनै सरकारी अस्पतालमा छैन यस्तो 

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
Teaching-hospital.jpeg

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउन गएका बिरामी र आफन्त शौचालय प्रयोगमा समेत ठगिने गरेका छन् । 

बिरामी र आफन्तले शौच गरेबापत रकम असुल्ने गरिएको छ । अस्पतालमा दैनिक १५ सय हाराहारीमा बिरामी जाने गरेका छन् । भिडभाड हुने स्थान (अस्पतालको उत्तर र दक्षिण) मा रहेका शौचालय बिरामीका लागि पासो बनेको चिकित्सकहरू नै बताउँछन् ।

अस्पतालका युरोलोजिस्ट प्राडा प्रेमराज ज्ञवालीले सरकारी अस्पतालमा बिरामीले पिसाब र दिसा गरेको आधारमा रकम उठाउनु गैरजिम्मेवारीपन भएको बताए ।

 ‘२० रुपैयाँको टिकट काट्न नसक्ने बिरामी पनि उपचारमा आउँछन् । उनीहरू पिसाबको ५ र दिसाको १० रुपैयाँ तिर्न बाध्य हुन्छन्,’ उनले भने ।

शौच गरेवापत बिरामीसँग पैसा उठाउने काम सरकारीमध्ये शिक्षण अस्पतालमा मात्रै भएको उनले बताए । अस्पतालले दुई कर्मचारीलाई प्रतिव्यक्ति मासिक आठ हजार तलब दिएर शौच गरेबापत पैसा उठाउन खटाएको छ । 

पिसाब गरेको १ र दिसा गरेको २ रुपैयाँ भनेर बाहिर देखिने गरी टाँसिएको छ । तर, पैसा उठाउनेले पिसाब गरेको ५ र दिसा गरेको १० रुपैयाँ उठाउँछन् । 

रकम संकलन गर्न बसेका ध्रुव नेपालले माथिको आदेशअनुसार रकम संकलन गरेको बताए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ