- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले आठौं जिल्ला अधिवेशनलाई लक्षित गर्दै नयाँ सदस्यता खुल्ला गरेको छ । शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा शुक्रबार काठमाडौंमा बसेको कार्यसमिति बैठकले आठौं अधिवेशनलाई लक्षित गर्दै नयाँ सदस्यता खुल्ला गरेको हो ।
आगामी १५ कार्तिकसम्म नयाँ सदस्यता लिन चाहनेहरुले सदस्यता प्राप्त गर्न सक्ने युनियन काठमाडौं शाखाका सचिव महेश्वर गौतमले बताए । यस्तै पहिले नै सदस्यता लिइसकेकाहरुले समेत सो अवधि भित्र आफ्नो सदस्यता नविकरण गर्न सकिने समेत युनियन काठमाडौं शाखाले जनाएको छ । नयाँ सदस्यताका लागि कम्तीमा १ वर्ष देखि पत्रकारितामा सक्रिय भएको र प्रविणता प्रमाण पत्र तह वा प्लस टु उत्तिर्ण गरेको हुनुपर्नेछ ।
१८ जेठ २०७१ मा सम्पन्न शाखाको सातौं जिल्ला अधिवेशनबाट वर्तमान कार्य समिती निर्वाचित भएको थियो । युनियनको विधान अनुसार प्रत्येक तिन वर्षमा अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन हुने व्यवस्था छ ।