arrow

यू–१९ एसिया कप क्रिकेटः अनिल कुमार साहको प्रतियोगिताकै पहिलो अर्धसतक 

logo
प्रकाशित २०७४ भदौ २६ सोमबार
acc.jpg

मलेसिया । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । 

अमान क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।  

नेपालले राम्रो प्रदर्शन गरेको छ । नेपालले २०.३ ओभर खेल्दा २ विकेटको नोक्सानीमा १०० रन जोडेको छ । 

अनिलकुमार साहले जारी प्रतियोगिताकै पहिलो अर्धसतक बनाएका छन् । उनले २ छक्का र ४ चौकाको मद्धतले ४६ बलमा ५१ रन बनाइसकेका छन् ।

सन्दिप सुनार ३२ तथा ओपनर आशिफ शेर्ख २१ रनमा आउट भए । 

छनोटको समूह ए मा रहेको नेपालले  दोस्रो खेलमा सेप्टेम्बर १३ मा भुटानविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । 

समूह बी मा भारत, मलेसिया, हङकङ र म्यानमार छन् ।

  छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ ।

सोमबारै भुटान र सिंगापुर भिडिरहेका छन् । भुटानले कमजोर ब्याटिंग गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ