arrow

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन गरिने

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
satyamohan-Joshi.jpg

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन मूल समारोह समितिले संस्कृतिविद् जोशीलाई यही भदौ ३० गते काठमाडौँमा रथारोहणसहित अभिनन्दन गर्ने भएको छ । 

अभिनन्दनका लागि लक्ष्मीदास मानन्धरको संयोजकत्वमा गठित मूल समारोह समितिले पत्रकार सम्मेलन गरी जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिमा गर्नुभएको खोज अनुसन्धान र योगदानका लागि अभिनन्दन गर्न लागिएको जानकारी दिइयो । 

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने छिन् । 

जोशीलाई सो दिन दिउँसो वसन्तपुरबाट बग्गीमा राखेर रथारोहणसहित सम्मान गरिनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ