arrow

चुनाव विथोल्ने षड्यन्त्रः अज्ञात समूहद्वारा ग्यास सिलिन्डर विस्फोट

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
mahottari.png

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ । 

स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक हप्तामात्र समय बाँकी रहेको समयमा सोमबार राति अज्ञात समूहले ग्यास सिलिन्डर विस्फोट गराएको प्रहरीले जनाएको छ । 

स्थानीयवासी उमेश महतोको उखुबारीमा अज्ञात समूहले ग्यास सिलिन्डर पड्काएर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

घटनास्थलमा ग्यास सिलिन्डरको माथिको गोलो रिङ, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए । 

मनोनयन दर्ताको एक दिन अगाडि पनि रातिको समयमा बर्दिबास नगरपालिका परिसर बाहिर टिफिनमा राखिएको विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो । 

हालसम्म कुनै समूह वा व्यक्तिले दुवै घटनाको जिम्मा नलिएको जिप्रका महोत्तरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ